विचार

अराजक फैशला र सुशासनको चाहना

''जीवन्त बिम्ब '' जयराम बिडारी
४ श्रावण २०७८, सोमबार १४:५२

मानवीय स्वभाव अनि उ भित्रको अन्तर्निहित चेतनास्तर फरक हुनु अस्वभाविक होइन , तर नेपालमा बुद्धि बेचेर बाच्ने कतिपय ब्यक्तिहरु अराजकताको कारखाना जस्तै भएका छन् भन्दा फरक पर्दैन । बिभिन्न समुहमा बिभक्त वा गोलबद्ध रहेका साथै बिचारका भारी बोक्ने र बिसाउने ,समाजले बुद्धिजीवी ठानिदिएको यस्ता बर्ग स्वयं भने आत्मरतिमा रमाउंदै बिषाक्त बिचार फैलाउनमा अभिशप्त रहेको पाइन्छ । समग्रमा मानिस गुण र दोषको सम्मिश्रण हो ।तर ,गुणवत्ता वा निर्दोषिता लाइ बिवेकको प्रयोग गरेर छान्ने र मुल्यांकन गर्नुनै उचित हुनेछ तर यथार्थमा ख्वामित् हजुरनै महान भन्नेहरुलाइ त रामराम बाहेक के नै पो भन्न सकिएला र ? जसरी ०६२/ ०६३२ को जनआंदोलन भनिएएको बखतमा हाम्रा समग्र समाज अग्रगमनको राग अलापेर थाकिरहेको थिएन र आम जनसमुदाय त्यसलाइ स्विकार गरेर अघाइरहेको थिएन तर निकै कम मानिसहरुलाइ मात्र तत्कालीन जनान्दोलन भनिएको अराजक भिड़ र त्यसपछिको उपलब्धिको बारेमा कुनै रुचि र दिलचस्पी थिएन र ती अल्पसंख्यक मानिसहरु उक्त जनान्दोलन भनिएको भिडमा आफूलाइ उभ्याएका थिएनन् । आजका कतिपय अभियंता नामक स्वनामधन्य हरु त्यतिबेला कुन कुनामा बसिरहेका थिए कसैलाइ अत्तोपत्तो थिएन ।

हिजोको दिनमा कांग्रेसले कम्युनिष्टले ,राजावादीले ,वा त्यो बादिले यसो गरे देश बर्बाद पारे भनेर उपबुज्रुक भएका कतिपय मानिसहरु यतिबेला निरंकुशबादी वा अग्रगमनबादीका ब्याख्याताका रुपमा क्रियाशील रहेका पाइन्छन् भने तीनका पिछलग्गू कार्यकर्ताहरु भने ख्वामित हजुरनै महान भनेर नथाक्नेहरुको बाहुल्यता कति छन् सर्वबिदितै छ । लोकतंत्रको सुन्दर पक्ष जोकोही कसैको प्रशंसक हुन पाउछ, हुनु पनि पर्छ तर तीनका गुण र दोषको आधामा मुल्यांकन हुनु र गरिनु पर्दछ।ब्यक्ति वा समूहका कतिपय अशल कामको खुलेर प्रशंसा गर्नलाइ कुनै कन्जुस्याइ गर्नु पर्दैन ।तर यसको मतलव आजिवन उक्त ब्यक्ति वा समुदाय मानौं त्यो पारशमणि हो जस्ले छुने बित्तिकै फलाम पनि सुन बन्छ भन्ने पक्षमा चाहि हुनुभएन ।समग्रमा सामाजिक प्राणीको हैसियतले समाजमा हुने गरेकोऔशत कामको जस दिन कन्जुसायाइ गरिनु पनि हुंदैन र अनावश्यक बिरोध पनि गरिनु हुंदैन । दुरगामी महत्व नरहेका कर्मको सर्वकालिक प्रशंसाको भागीदार बनाउनु पनि उचित हुंदैन ।

हालै सर्बोच्च अदालतले गरेको फैशलाका सम्बन्धमा समाज २ बर्गमा बिभाजित रहेको पाइएको छ । मुख्यतया एकथरी बुद्धिजीवीहरु सर्वोच्च अदालतको निर्णयले संबिधानको र लोकतंत्रको रक्षा भएको निष्कर्ष निकालीरहेका छन् भने एकथरी बुद्धिजीवीहरु सर्बोच्चले सिमाको उल्लंघन गरेर राजनैतिक बिषयमा प्रवेश गरेर भविष्यमा शक्तिको केन्द्रीय भागमा प्रवेश गर्ने मूलबाटोको निर्माण गरिरहेछ भनेर जनमत सृजना गर्न खोजिरहेका छन् । तर सर्वोच्चले गरेका अन्य कतिपय निर्णय हरुमा जनचासो र सरोकार नभएपनि २७५ संख्यामा रहेका संघिय सांसद संख्यालाइ ३०२ को मान्यता दिएर फलानो ब्यक्तिलाइ प्रधानमंत्रीमा नियुक्ति गरिदिनु भन्ने ब्यहोरा को परमादेश सहितको फैशलामा २ पक्षीय झगडियाहरु मध्यमा एक पक्षीय झगडियाहरु खुशी र अर्को पक्षिय बेखुशी हुनु अस्वाभाविक होइन । तर अदालतमा पनि गाइजात्रा प्रवेश हुनु चाहिं गंभीर चासोको बिषय हो । नेपालमा अस्थिरता निम्तिनुमा अदालतको भूमिका पनि उत्तिकै जिम्मेवार छन् ।बिगतका कतिपय निर्णय र फैशलाको मूल्य देशले आज पनि चुकाइरहेको छ । नीति बिधि पद्धतिको गर्नु पर्दा केही पनि अछुतो नरहेको प्रष्ट मात्र होइन छरपष्टै देखिएको छ । हिजो प्रचण्ड र केपि ओली जहाजको दुई क्याप्टेन अव जहाज़ रफ्तारमा उड्छ भन्दै कुर्लिएको , केपी ओलीको बयलगाढा चढेर अमेरिका नपुगिने प्रसंग ,माधव नेपालको प्रतिगमन आधा सच्चिएको प्रसंग प्रचणडले मालिकसंग बार्ता गर्छु भन्ने प्रसंग ,नेपाली कांग्रेसले राजाको रीशले आफ्नो मूल नीति संबैधानिक राजतंत्र र बहुदलीय प्रजातंत्रलाइ तिलांजलि दिएर गणतंत्र स्विकारेको प्रसंग हेर्दा लाज सरम भएको कहिं कतै कोही र कसैसंग त्यो नैतिक आधार भेटिंदैन । हिजोका दिनमा हिंसाको राजनीति गरेर निर्दोष जनताको हत्या गरेबापत टाउकाको मोल तोक्ने र तोकिनेहरु यतिबेला परमित्र बनेको अवस्थाले हाम्रो राजनीति अन्त कतैबाट निर्देशित छ , र आवरणमा देखिएका हाम्रा नेताहरु कारिन्दा मात्र रहेको स्पष्ट बुझ्न धेरै मेहनत गरिरहनु पर्दैन । बरु सत्ता स्वार्थका लागि जस्तोसुकै हर्कत गर्न पछि नपर्ने राजनैतिक प्राणी भन्दा २४० बर्षे बिरासत चटक्कै छोड्न सक्ने ती राजा ज्ञानेन्द्र शाह कता हो कता जनप्रेमी ,राष्ट्रवादी ,निःस्वार्थी र त्यागी रहेछन् भन्ने कुरा समयले प्रमाणित गरिसकेको छ । जनताले यो कुरा बुझ्न जरुरी छ ।

सामान्य अवस्थामा प्रधानमंत्री नियुक्त गर्ने थलो संसद हो ,अदालत होइन ।तर अवस्था असामान्य रहेको अवस्थामा अदालतले प्रधानमंत्री नियुक्त गरेका अनेकौं पटकको नजिरहरु छन् । जतिपटक अदालतले न्यायिक निरुपणका नाममा संसद पुनर्स्थापन वा बिघटन गरेको छ देश त्यतिनै अस्थिरता र दुश्चक्रको भुमरीमा फसेको छ । शक्ति पृथकिकरणको सिद्धांत अनुसार ब्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको रुपमा स्थापित संरचनाले आफ्नो भूमिका निभाउने क्रममा बिवेकको प्रचुर प्रयोग नगरिदिंदा अन्ततोगत्वा सास्ति पाउने देश र जनताले नै हो । स्वतंत्र न्यायालयको धज्जी उड्ने गरि अदालतमा बिचाराधिन अवस्थामा रहेको मुद्धामा एकपटक न्यायाधीश भएका न्यायाधीशहरुको बक्तब्यबाजी पनि अदालतलाइ प्रभावमा पार्ने प्रकृया थिएन भन्न सकिन्न त्यसैले फैशला सरकारको पक्षमा आए सेटिंग भनिन्थ्यो बिरुद्धमा आएकोले अग्रगामी भन्नेहरुको संख्या अधिक छ ।तर एमालेको माकुने ग्रुप र जसपा ग्रुपलाइ शक्तिको केन्द्रीय भागमा राखेर चलखेल लाइ बैधानिकता दिनेगरि आएको फैशलाले MCC पारित गराउनमा अहं भूमिका निभाउनका लागि सहज मार्ग निर्माण गरिदिएकोले भविष्यमा हामीले आफ्नो अस्तित्व कायम गराउन बहुत कष्ट ब्यहोर्नुपर्ने कुरा धेरैको समझमा नरहेको देखिन्छ आज फगत जीतको उन्मादमा रमाउनेहरु भोली नराम्ररी रुनुपर्ने दिन आउनेछ । यो चाहिं बिचारणिय कुरो हो । तथापि अदालतको आदेशलाइ सम्मान गरिनु आवश्यक छ ।न्यायमूर्ति हरुले सनकमा सरकारलाइ दनक दिए वा देश र जनतालाइ त्यो भविष्यले देखाउला । एउटा दलवाट निर्वाचन जितेर अनि आफ्नै दलको सरकार अपदस्थ गरेर बिपक्षी दलको नेतालाइ प्रधानमंत्री बनाउने प्रकृया संशारको कुनै मुलुकमा अभ्यास गरिंदैन ।यस्तो बिधिको ब्याख्याताको निर्णय पनि कहिं नभएको जात्रा हांडी गाउमा भने जस्तै भएको हो । जनताको आदेश लाइ अदालतकोा परमादेशको आधारमा यस्ता गाइजात्रा पाराको पनि आदेश हुने ? एउटै दलमा सत्तापक्ष र प्रतिपक्ष स्विकार गरिने यस्तो पनि हुन्छ ? कम्फरटेवल सरकारका लागि गरिएएका यस्ता हत्कण्डा सबै साक्षि किनाराका सदर गरिनु मात्र न्याय मान्नु पर्ने हो र ? जसरी जसपा लाइ संसद बिघटन पनि स्विकार्य र परमादेश सहितको पुनर्स्थापन पनि स्विकार्य राजनीतिमा नैतिकता पुरै स्खलित हुनुपर्ने हो र ? यहाँ कुनै पक्ष र बिपक्षको बहश भन्दा पनि इतिहासदेखि बर्तमान सम्म अस्थिरताका निमित्त अदालत पनि उत्तिकै ज़िम्मेवार छ जति राजनैतिक दल र हामी नीरिह जनता जिम्मेवार छौं ।यो केवल कुनै पक्षको समर्थन र बिरोधमा अनि अग्रगामी र प्रतिगामीको पक्षपोषण गरिएको होइन ।

जसरी सुगौली सन्धिका क्रममा सन १८१६ मा तत्कालीन नेपालका अधिकारप्राप्त प्रतिनिधि चन्द्रशेखर उपाध्याय तथा गजराज मिश्रलाइ लाइ अँग्रेजहरुले यथेष्ट नगद, पद र जमिन दिएर उनको (अँग्रेजको)पक्षमा सही गर्न लगाएका थिए आज पनि विदेशीहरूले नेपालका नीति निर्माण तहमा रहेकाहरूलाई प्रभावमा पारेर आफ्ना इच्छा र योजनामा सामेल गराउंदै आफ्ना योजना कार्यान्वयन गराइ रहेका छन् । तर अधिकांश दलदासहरु आफ्ना ख्वामित (मालिकको) निर्णयलाइ अग्रगामी मान्दै घर जलिरहेछ खरानीको ब्यापार गर्नमा निमग्न हुंदै थपडी बजाउनमा मस्त देखिन्छन् ।

यतिबेला कस्को सरकार अपदस्थ भयो अथवा कस्ले सरकार निर्माण गर्यो भनेर खुशी भएर रमाउनेहरूले अन्ततः देशकै पराजय हुंदा भोग्नुपर्ने दण्ड अत्यंत भयावह हुनेछ । शक्ति पृथकिकरणको सिद्धांत अनुसार कार्यपालिका ब्यवस्थापिका र न्यायपालिका रहेकोमा ‘सबै काम अदालतले गर्ने भए संसदको के काम ?,’ सर्वोच्च अदालतको फैसला प्रजातन्त्रविपरीत, यस कारण पनि हुन सक्छ कि एउटा दल बाट निर्वाचन जितेर आएको ब्यक्तिले गणतान्त्रीक शासन ब्यवस्थामा निर्दलिय अभ्यासका निमित्त अभिप्रेरित गरिदिएको छ बिपक्षी नेतालाइ भोट दिन पाउने अधिकार सुनिश्चित गरिदिएको छ । पार्टीको ह्वीप नलाग्ने भनेर ग़ैरराजनीतिक चरित्र प्रस्तुत गरिदिएको छ । तसर्थ अदालतले सधैं सही गर्छ भन्ने होइन । त्यहां पनि न्यायमूर्तिका रुपमा मानिस नै रहने हुन् ती मानिसहरुका पनि मत बिमत हुन्छन् । र तीनका पृष्ठभूमि र झगडियाले मागेको आधारमा संवैधानिक इजलासको गठनको तजबिजी मिलाइनुका साथै फलानो भएसम्म मैले मुद्धा हेर्दिन भनेर गाइजात्रा देखाइनुका साथै निर्णय प्रकृयाका बारेमा जस् को प्रचारबाजी गरिनु आफैंमा अनौठो संयोग होइन होला ।

राजनीतिमा स्थाइ सत्रु र मित्र हुदैन भनेको घटनाक्रमले प्रमाणित गरिदिएको छ। एउटै पार्टीमा निरंतर ४० बर्षको सहकार्य गरेका ओली नेपाल यतिबेला २ बिपरीत ध्रुवका पात्र रहेका छन् भने कुनैबेला टाउकाको मोल तोक्ने र तोकिने देउवा प्रचण्ड राष्ट्रका लागि भन्दै यतिबेला परममित्र बनेका छन् । जनताले बिकाश सम्मृद्धि सुशासन चाहेका हुन् ब्यवस्थाको शब्द परिवर्तन जस्तै :-प्रजातंत्र, लोकतंत्र गणतंत्र आदी परिवर्तन भएर जनताको कष्ट परिवर्तन नहुंदो रहेछ । दल संग संलग्न केहीथान मानिसहरुको समृद्धिले आम जनताले सुखी र खुशीको अनुभूति गर्न सक्दैनन् को कतिपटक प्रधानमंत्री भयो भन्ने कुराले भन्दा कस्ले देशको लागि के गरे भन्ने कुराले अर्थ राख्नुपर्ने हो तर बिडम्बना हामी ३२ बर्ष देखि निरंतर रुपमा तिनै पेश गरेर प्रयोग भैसकेका इतिहासमा उनका योग्यता क्षमता र सक्षमता बोध गरिसकेका नयां बोत्तलमा पुरानो रक्सी भन्ने उखान जस्तै पुरानै बोत्तलमा पुरानै रक्सी पिएर बेहोशी हुन् अभ्यस्त छौं । हाम्रा बिकाश सम्म़ृद्धि र सुशासनको चाहनामा तुषारापात भैरहंदा पनि तीनै अयोग्य हरुबाट साशित हुन् बाध्य छौं समयक्रमले हाम्रा चेतनाको स्तर बढाओस भनेर कामना गर्नुको अर्को बिकल्प देखिंदैन ।

”यो लेख कुनै दल प्रतिको अनुराग र बिरागको निमित्त होइन न त कुनै निकाय प्रतिको प्रतिशोध ”- ”जीवन्त बिम्ब ” जयराम बिडारी