बढ्यो सुनको मुल्य

प्रहर संवाददाता
प्रहर संवाददाता
५ श्रावण २०७८, मंगलवार १२:३१

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज तोलामा ४०० रुपैयाँले बढेको सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन भने प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा २०० रुपैयाँ बढेको सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज तोलामा १० रूपैयाँले घटेर १ हजार २८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।