मकवानपुरमा गाँजा सहित एक जना पक्राउ

प्रहर संवाददाता
प्रहर संवाददाता
६ श्रावण २०७८, बुधबार १०:३७

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकाबाट प्रहरीले लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

पूर्व पश्‍चिम लोकमार्ग अन्र्तगत मनहरी गाउँपालिका वडा नं. ८ सिमपानीस्थित संकास्पद रुपमा रोकी राखेको ना ८ ख ८२८४ नंबरको ट्रकबाट लागुऔषध गाँजा ८१ किलो ३५० ग्राम सहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा ट्रक चालक राक्सिराङ गाउँपालिका वडा नं.४ बस्ने ४२ बर्षीय बाबुराम नेगी रहेका छन् । माईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलिले ट्रकलाई चेकजाँच गर्दा ढालामा लुकाएर राखेको अवस्थामा नेगी र लागुऔषध गाँजा नियन्त्रणमा लिएको हो ।

उक्त गाँजा, ट्रक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।