मकवानपुरमा थप ४६ जनामा कोरोना, ६१ जना संक्रमणमुक्त

प्रहर संवाददाता
प्रहर संवाददाता
६ श्रावण २०७८, बुधबार १४:४८

हेटौंडा – मकवानपुरमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ९ जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप ४६
जनामा कोरोना पुष्टि भएको हो । यससंगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या १२ हजार २ सय ७७ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा ६१ जनाले कोरोना जितका छन् । होम आइसोलेसनबाट ४८जना र संस्थागत आइसोलेसनबाट १३ जनाले कोरोना जितका हुन् । यससंगै जिल्लामा हालसम्म कोरोना जित्नेको संख्या ११ हजार ५ सय ३२ पुगेको छ ।

जिल्लामा हाल ५ सय ६४ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ५ सय १९ जना घरमा र ४५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ३७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरे जनाएको छ ।