मुख्यमन्त्री पौडेलद्वारा पूर्वाधार निर्देशनालय भवन उद्घाटन

प्रहर खबर
६ श्रावण २०७८, बुधबार २०:५१

मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभ¥याङमा नवनिर्मित यातायात पूर्वाधार निर्देशनालय भवनको उद्घाटन गरेका छन् ।

उनले प्रदेश सरकारको प्राथमिकता पूर्वाधार विकास गर्नु रहेकाले सरकारको उद्देश्यमा निर्माण कम्पनीका ठेकेदारले सडक, पुल, भवनको निर्माण समयमा नै सम्पन्न गर्न ध्यान दिनु जरुरी रहेको बताए ।

भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले सङ्घीय सरकारसँग सहकार्य गरी छिट्टै भीमफेदी–कुलेखानी सुरुङमार्गको बोलपत्र आह्वान गर्ने तथा सुरुङमार्गको युग शुरु गर्ने बताए । नवनिर्मित भवन १९ कोठाको रहेको र लागत रु दुई करोड ४४ लाख १७ हजार छ ।रासस