मकवानपुरगढीमा झोलुङ्गे पुल उद्घाटन्

प्रहर संवाददाता
प्रहर संवाददाता
६ श्रावण २०७८, बुधबार २१:४४

हेटौंडा – मकवानपुरगढी गाउँपालिका वडा नम्बर–८ इच्चुङ र भिमफेदी गाउँपालिका वडा नं.३ वखरडाँडा जोड्ने झोलुङ्गे पुलको आज उद्घाटन् गरिएको छ । एक करोड रुपैयाँ लागतमा निर्माण गरिएको झोलुङ्गे पुलको बागमती प्रदेशसभाका सदस्य कुमारी मोक्तानले उद्घाटन् गरेकी हुन् ।

झोलुङ्गे पुल निर्माण भएपछी स्थानीयलाई धेरै सहज भएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँईले बताए । वर्षातको समयमा पुल नहुँदा आवतजावतमा समस्या पर्ने गरेको स्मरण गर्दै स्थानीयहरुले पुल बनेपछि आफुहरुको ठुलो समस्या समधान भएको भन्दै स्थानीयहरुले खुशी ब्यक्त गरेका छन् । यसअघि पुल नहुँदा दुइ गाउँका नागरिकले वषौदेखि समस्या बेहोर्दै आएका थिए ।

कार्यक्रममा मकवानपुरगढी ८ नम्बर वडाध्यक्ष कुमार सिंह घिसिङक,भिमफेदी गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष प्रितिलाल लामा, समाजसेवी मेम्बर लामा, मकवानपुरगढी गापाको प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनी, स्वास्थ्य प्रमुख ध्रुव लामिछाने सहभागिता रहेको थियो ।