मकवानपुरमा निषेधाज्ञा एक हप्ता थप, यस्तो छ निर्णयहरु

प्रहर संवाददाता
प्रहर संवाददाता
६ श्रावण २०७८, बुधबार २२:०२

हेटौंडा – मकवानपुरमा गत बैशाख २१ गतेबाट जारी निषेधज्ञा फेरी एक हप्ता थपिएको छ । बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको बैठकले जिल्लामा जारी निषेधाज्ञा साउन १४ गतेसम्म थप्ने निर्णय गरेको हो ।

बैठकले साउन ७ गते राति १२ बजेदेखि साउन १४ गते बिहिबार राति बजेसम्म गरी थप एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । निषेधज्ञामा यस अघिको निर्णयलाई यथावत राखिएको छ । जस अनुसार बिहान ४ बजेबाट ११ बजेसम्म खाद्यन्न ब्यवसाय तथा ११ बजेबाट साँझ ६ बजेसम्म अन्य ब्यवसायहरु सञ्चालन हुनेछन् ।

यस्तो छ जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको निर्णयहरु:–

May be an image of text

May be an image of text