फिलिपिन्सलाई पहिलो ओलम्पिक स्वर्ण, अमेरिका ८ स्वर्णसहित शीर्ष स्थानमा(पदकतालिक सहित)

प्रहर संवाददाता
प्रहर संवाददाता
१२ श्रावण २०७८, मंगलवार १२:५१

काठमाडौं – ओलम्पिकमा सहभागिता जनाएको ९७ बर्षमा फिलिपिन्सले पहिलो पटक ओलम्पिक स्वर्ण जितेको छ । जापानमा जारी ३२ औं टोकियो ओलम्पिकमा फिलिपिन्सका लागि भारत्तोलन खेलाडी हिडिलेन डियाजले ऐतिहासिक स्वर्ण जित्न सफल भएकी हुन् ।

May be an image of 1 person and text

हिडिलेन डियाजले महिला ५५ केजी तौल समुहमा स्वर्ण जितेकी हुन् । ऐतिहासिक स्वर्ण जित्न सफल भएकी डियाज स्टेजमा नै भावुक बनेकी थिइन । ३० बर्षे डियाज आफ्नो तौलको अन्तिम प्रतिस्पर्धामा स्वर्ण जित्न सफल भएकी हुन् । यसअघि सन् २०१६ मा रियो ओलम्पिकमा ५३ केजी तौल समुहमा रजत पदक जितेकी थिइन ।

May be an image of 2 people, people standing and indoor

उनले स्वर्ण जितेसँगै फिलिपिन्स सरकारले उनलाई चार लाख ७७ हजार पाउण्ड पुरस्कार दिने घोषणा गरेको छ । यस्तै फिलिपिन्स स्पोर्टस कमिसनले पनि उनलाई १० मिलियन पेसो दिने निर्णय गरेको छ । फिलिपिन्सका लागि स्वर्ण जित्ने उनी सन् १९२४ पछि की पहिलो खेलाडी हुन । यसका साथै उनी फिलिपिन्सका लागि कुल पदक जित्नेमा ११ औं खेलाडी बनेकी छिन ।

५६स्वर्ण पदकको छिनोफानो, जापानलाई अमेरिकाले उछिन्यो

यो समाचार तयार पार्दासम्म ओलम्पिकमा कुल ५६ स्वर्ण पदकको छिनोफानो भैइसकेको छ । जसमा २४ राष्ट्रले स्वर्ण जित्न सफल भएका छन् भने ५२ राष्ट्रले पदक जित्न सफल भएका छन् ।

टोकियो ओलम्पिकको पाँचौ दिन अमेरिकाले पदक तालिकामा अग्रता बनाएको छ ।आयोजक जापानलाई उछिन्दै आमेरिका पदक तालिकाको शिर्ष स्थानमा रहेको हो। अमेरिकाले ८ स्वर्ण ३ रजत र ८ कास्यहित कुल १९ पदक हात पार्दै स्थानमा उक्लिएको हो।

दोस्रो स्थानमा रहेको आयोजक जापानले ८ स्वर्ण २ रजत र ३ कास्यहित कुल १३ पदक हात परेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको चिनले ७ स्वर्ण ५ रजत र ७ कास्यहित कुल १९ पदक जितेको छ ।

रसियन ओलम्पिक टिम ५ स्वर्णसहित कुल १५ पदक जितेर चौंथो स्थानमा रहदा ग्रेट ब्रिटेन ४ स्वर्णसहित कुल १० पदक जितेर पाँचौं स्थानमा रहेको छ । यस्तै अष्ट्रेलिया र दक्षिण कोरियाले ३/३ स्वर्ण जित्दा कोसोभोले २ स्वर्ण पदक जितेको छ ।

यस्तो छ पदक तालिक कुन राष्ट्रिले कति जिते ?

1 United States of America

8 3 8 19
2 Japan

8 2 3 13
3
People’s Republic of China
7 5 7 19
4 ROC

5 7 3 15
5 Great Britain

4 5 1 10
6 Australia

3 1 4 8
7 Republic of Korea

3 0 4 7
8 Kosovo

2 0 0 2
9 Italy

1 4 4 9
10 Canada

1 3 2 6
11 France

1 2 2 5
12 Hungary

1 1 0 2
13 Tunisia

1 1 0 2
14 Croatia

1 0 1 2
15 Slovenia

1 0 1 2
16 Austria

1 0 0 1
17 Bermuda

1 0 0 1
18 Ecuador

1 0 0 1
19 Hong Kong, China

1 0 0 1
20 Islamic Republic of Iran

1 0 0 1
21 Norway

1 0 0 1
22 Philippines

1 0 0 1
23 1 0 0 1
24 1 0 0 1
25 0 3 0 3
26 0 2 2 4
27 0 2 2 4
28 0 2 0 2
29 0 1 1 2
30 0 1 1 2
31 0 1 1 2
32 0 1 1 2
33 0 1 1 2
34 0 1 0 1
35 0 1 0 1
36 0 1 0 1
37 0 1 0 1
38 0 1 0 1
39 0 1 0 1
40 0 1 0 1
41 0 1 0 1
42 0 0 3 3
43 0 0 3 3
44 0 0 3 3
45 0 0 2 2
46 0 0 2 2
47 0 0 2 2
48 0 0 1 1
49 0 0 1 1
50 0 0 1 1
51 0 0 1 1
52 0 0 1 1
53 0 0 1 1