टोकियो ओलम्पिक : अमेरिका १३ स्वर्ण सहित शीर्ष स्थानमा(पदकतालिक सहित)

प्रहर संवाददाता
प्रहर संवाददाता
१४ श्रावण २०७८, बिहीबार १०:५३

काठमाडौँ – जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो ।

अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक प्राप्त गरेको छ । चीन दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । चीनले १३ स्वर्ण, छ रजत र नौ कास्य पदक प्राप्त गरेको छ भने जापानले १३ स्वर्ण, चार रजत र पाँच कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै सात स्वर्ण, ११ रजत र सात कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ ।

यसैगरी अस्ट्रेलिया सात स्वर्ण, दुई रजत र नौ कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । बेलायत पाँच स्वर्ण, छ रजत र पाँच कास्यसहित छैटौँ, दक्षिण कोरिया चार स्वर्ण, दुई रजत र पाँच कास्यका साथ सातौँ, जर्मनी तीन स्वर्ण, तीन रजत र पाँच कास्य जित्दै आठौँ, फ्रान्स तीन स्वर्ण, तीन रजत र तीन कास्यका साथ नवौँ तथा इटाली दुई स्वर्ण, सात रजत र नौ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ६३ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले खेलिसक्नुभएको छ । चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिनुभएको छ । परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल तथा सिंहले १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नुभएको थियो । टोकियो ओलम्पिकमा अब एथलेटिक्सकी सरस्वती चौधरीले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । उहाँले शुक्रबार आफ्नो खेलमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

यस्तो छ पदक तालिक कुन राष्ट्रिले कति जित्यो

           देश                                                                                            स्वर्ण    रजत      कास्य         कुल पदक

1 13 12 10 35
2 13 6 9 28
3 13 4 5 22
4 7 11 7 25
5 7 2 9 18
6 5 6 5 16
7 4 2 5 11
8 3 3 5 11
9 3 3 3 9
10 2 7 9 18
11 2 7 4 13
12 2 3 5 10
13 2 1 2 5
14 2 1 1 4
15 2 0 1 3
16 2 0 0 2
17 1 3 2 6
18 1 3 0 4
19 1 2 3 6
20 1 2 2 5
21 1 2 1 4
22 1 2 0 3
23 1 1 2 4
24 1 1 1 3
25 1 1 0 2
26 1 1 0 2
27 1 0 1 2
28 1 0 1 2
29 1 0 1 2
30 1 0 0 1
31 1 0 0 1
32 1 0 0 1
33 1 0 0 1
34 1 0 0 1
35 1 0 0 1
36 1 0 0 1
37 1 0 0 1
38 0 2 1 3
39 0 2 0 2
40 0 1 2 3
41 0 1 2 3
42 0 1 1 2
43 0 1 1 2
44 0 1 1 2
45 0 1 0 1
46 0 1 0 1
47 0 1 0 1
48 0 1 0 1
49 0 1 0 1
50 0 1 0 1
51 0 1 0 1
52 0 1 0 1
53 0 0 4 4
54 0 0 3 3
55 0 0 2 2
56 0 0 2 2
57 0 0 2 2
58 0 0 1 1
59 0 0 1 1
60 0 0 1 1
61 0 0 1 1
62 0 0 1 1
63 0 0 1 1