हेटौंडामा खोलामा एक महिलाको शव फेला

प्रहर संवाददाता
प्रहर संवाददाता
१४ श्रावण २०७८, बिहीबार १२:३९

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नंं. १ स्थित खोलामा एक महिलाको शव फेला परेको छ ।  मकवानपुरगढी गाउँपालिका वडा नं.६ बाग्दली बस्ने ४२ बर्षीया तुलसी माया घलान शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

विहिवार विहान स्थानियले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । घलानको शव खोलाले बगाएर ल्याएको आवस्थामा सामरी खोला भन्दा २०० मिटर तलमा आज बिहान फेला परेको प्रवक्ता रिमालले बताए । ति महिलाको सामरी खोलाले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएपनि मृत्युको कारण नखुलेको रिमालको भनाई छ ।

घलानको शव परीक्षणको लागि हेटौंडा अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।