स्कारपियोमा गाँजा ओसार्ने दुई जना मकवानपुर प्रहरीको फन्दामा

प्रहर संवाददाता
प्रहर संवाददाता
१४ श्रावण २०७८, बिहीबार १९:१८

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ नेवारपानीस्थित पूर्व–पश्‍चिम राजमार्गमा बा ११ च ९५०९ नंबरको स्कारपियोबाट ६५ किलो ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उक्त गाडीका चालक चितवनको भरतपुर महानगपालिका वडा नंबर २० चनौली बस्ने ३८ वर्षीय रोशन परियार र मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नंबर ६ बस्ने ४३ वर्षीय ललित तामाङ रहेका छन् ।

May be an image of text that says 'RPI लागुऔषध गाँजा ६५ किलो'

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको उक्त कन्टेनरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममास्कारपियोमा लुकाई राखेको उक्त गाँजा सहित फेला पारी दुई जनालाई पक्राउ गरेको हो ।

अयस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।