सास छउन्जेल आश: हेटौंडा राप्ती किनारका थापादम्पतीलाई कसले देला बास ?

सञ्जिब रसाईली
१५ श्रावण २०७८, शुक्रबार १६:४२

हेटौंडा – “भनिन्छ रातपछि दिन आउँछ” यो त प्रकृतिको नियममा मात्रै सीमित भएको हेटौंडा उपमहानगरपालिका वडा नं.११ राप्तीखोलाको किनारामा बस्दै आएका ७० वर्षीय श्यामबहादुर थापादम्पतीलाई । १५ वर्षकै उमेरमा बाबुआमा गुमाएका थापा बाबुआमाले कमाएको जमिन दिनुपर्छ भनेपछि साहुबाट लखेटिए ।

थापाको जन्म काठमाडौंको गोर्कर्णेश्वरमा भएपनि समय परिस्थितिले उनलाई हेटौंडामा ल्याई पु¥यायो । हेटौंडा आएपछि भारी बोक्ने कामगर्दै ज्यान पाले । पछि बिवाह पनि गरे । उनको दुई छोरा दुई छोरी गरी ४ सन्ताज जन्मिए । छोराछोरी हुर्काए बढाए त्यसपछि पनि उनको शुःखको दिन आएन ।

उनको साथमा अहिले कुनै सन्तान छैनन् । श्रीमतीले पनि छोडेर गइन् । दुई छोरी विवाह गरी आफ्नै घर गए । उनको दुई छोरामध्ये एक छोरा अहिले भगवानको साथमा छन् भने अर्का छोरा बुहारी र नातानातिनाको साथमा रहेको थापा बताउँछन् ।

No description available.

थापा काम गर्न सक्दैनन् । उनीहरुलाई अहिले विहान बेलुकाको छाक टार्नैधौधौ छ । उनको दोस्रो श्रीमती ६५ बर्षीया कमला थापा आँखा देख्दिनन् । श्रीमतीले आँखा देख्न छाडेपछि जीवनयापन गर्न थप समस्या परेको छ । दुःख सुख भारी बोकेर बालबच्चा हुर्काएँ बढाएँ अहिले बुढेसकालमा कोही साथमा छैनन् भन्दै उन ीदुखेसो पोख्छन् ।

थापा राप्तीखोलाको किनारमा बस्दै आएको ११ बर्षभएको बताउँछन् । झण्डै १०बर्ष राप्तीको किनारमै त्रिपालको टहरोमै दिन बिताए । केही समयदेखि थापा दम्पती सोही खोलाको किनारमा रहेको एक सार्वजनिक टहरोमा बस्दै आईरहेका छन् । त्रिपालमुनी बस्दा जति कठिन छ त्यो भन्दा बढी कठिन छ सार्वजनिक टहरोम बस्दा पनि । हेर्नेलाई लाग्छ, पहिले त्रिपालको टहरोमा बस्थ्यो अहिले जस्ताको टहरोमा छ । तर, अरुले सोचे जस्तो छैन थापादम्पतीले पानी पर्दा बिताएका दिन र रातहरु ।

पानीपर्दा नदीकिनारमा उठाएको ग्याबिन वालबाट पानी बगेर टहरोभित्रै पस्छ । घेराबारा केहीपनि छैन । हावाहुरी सहित पानी पर्दाको दिन नभोक न निन्द्रानै पर्छ थापादम्पतीको । नराम्रो ओड्ने सिरक नओछ्याउने गुन्द्री, डस्नानै छ । दिनभरिको तातो घाम र साँझ परेपछि परेको पानीसँगैको सिमेन्टको चिसोले बेलाबेलामा बिरामी हुने गरेको पीडा सुनाउँछन् । त्रिपालको टहरोमा बिताएका दिनहरु सम्झदै थापा भन्छन्,–“बेलाबेलामा नगरपालिका, जिल्लाप्रहरी कार्यालयबाट आएको प्रहरीले टहरोमा बन्दुकको नालले घोच्दै टहरो भत्काउ भन्दै यो सार्वजनिक ठाउँमा बस्न मिल्दैन भन्थे, तर, अहिले केही पनि भन्दैनन् । उनीहरुले नै यहाँ ल्याएर राखिदिए ।”

No description available.

मानिसहरुको आफ्नै सपना हुन्छन् । तर, थापादम्पतीको कुनै ठुलो सपना छैन । थापाले भने,–“लामो समय सडक डिल, खुल्ला आकाश मुनी जीवत बिताइयो । अब आफ्नै घर बनाएर बस्न पाए, त्यही घरमा मर्न पाए शान्ति मिल्थ्यो कि भन्ने छ ।” त्यो सपना पुरा गर्न उनले अबका दिनमा केही ईलम गर्न सक्ने अवस्था छैन । उनको सम्पतीको नाममा लगाउने एकसरो कपडा, पुरानाओड्ने ओछ्याउने सिरक डस्ना, पकाएर खाने भाँडाकुँडा बाहेक केही पनि छैन । आफैं ७० बर्ष पार गरिसके कमाएर घर बनाउँन आँटनै भएन ।

उनीहरु बस्दै आएको स्थान अगाडि नै हेटौंडा उपमहानगरपालिकाले कृषि थोक तथा तरकारी विकी केन्द्र निर्माण गर्दैछ । कृषि थोक तथा तरकारी विकी केन्द्र निर्माण सँगसँगै त्यो टहरा पनिभत्किने निश्चित छ । यो योजनानिर्माण गरी सकेपछि नजिकै एउटा सानो घर बनाईदिने हेटौंडा उपमहानगरपालिकाका कर्मचारीले बताएको थापाले सुनाए । उपमहानगरपालिकाको त्यो योजना कहिले सम्पन्न हुने ठेगान छैन । तर, थापा भने त्यो योजना कहिले बन्ला र मेरो लागि पनि घर बन्ला भनेर जस्ताले बारघेर गरेर राखेको स्थानमा टुलुटुलु हेरी रहन्छन् । “मनमा आश पनि छ निराशा पनि छ । चाँडो बने मेरो पनि घर बन्थ्यो कि, काम शुरु हुने छाटकनै छैन । कहिले त त्यही टहरो मेरो अन्तिम स्थान हो जस्तो लाग्छ ।” यदि सरकारी निकायबाट कुनै पहलकदमी नभएको खण्डमा उनीहरुको जमिन डस्ना, ढुङ्गा सिरानी र आकाश सिरक हुने निश्चित रहेको छ ।

No description available.

थापादम्पतीको माया जति जवानीमा थियो बुढेसकालमा पनि उत्तिकै एकअर्कालाई माया गर्छन् । थापाकी श्रीमती कमला आँखा नदेखे पनि काम नगरी बस्नै सक्दिनन् । प्रहरखबरको टोली त्यो स्थानमा पुग्दा उनी एक्लै भाँडा माझिरहेकी थिइन् । थापा भने जिउनका लागि नजिकै रहेको बस्तीमा कामको खोजीमा गएका रहेछन् । थापालाई घरको आशा जत्ति नै श्रीमतीको आँखाको ज्योति फर्काउन आतुर देखिन्थे । पाँच हजार पैसा नभएको कारण श्रीमती आँखाको ज्योति फर्काउन नसकेको थापाले गुनासो पोखे । “उनले आँखा देख्ने भएपनिम यसो कवाडी टिप्न जान्थेँ । विहान–बेलुका हातमुख जोड्न अरुको भर पर्नु पर्दैन थियो कि, अरुले नदिने हो भने हामी त भोकै मथ्र्यौं होला ।”

उनको समस्यालाई हेटौंडा उपमहानगरपालिकाले पूरा गर्ने सम्भावना कमै रहेको पाइएको छ । थापाले हेटौंडा उपमहानरपालिकाको सिफारीसबाटै नेपाली नागरिकता लिएपनि उनीसँग अहिले नागरिकता छैन । नागरिकता हराएपछि उनी सरकारले दिने बृद्धभत्ताबाट पनि बन्चित भएका छन् ।

यस बिषयमा हेटौंडा उपमहानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष गोकर्णप्रसाद पराजुलीले उहाँहरुको बारेम ाजानकार रहेको बताए । उनले आफ्नो तर्फबाट गर्न सक्ने राहत सामग्री उपलब्ध गराउँदै आएको बताए । “तरकारी थोकबजार बनाउँदाउहाँहरु बसिरहेको टहरो पनि भत्किन्छ । तत्कालै गर्ने अवस्था छैन, ठेकेदारसँग कुरा गरेर उचित स्थानमा स्थानान्तरण गर्ने सोचेका छौँ ।” वडाअध्यक्ष पराजुलीले भने ।

नागरिकताको विषयमा वडाकार्यालयको तर्फबाट गर्न सक्ने सबै सहयोग गर्ने प्रतिवद्धता वडाध्यक्ष पराजुलीले सुनाए । तर, पहिले नगरिकताबनाएको कुनै प्रमाण नभेटिएको हुँदा नयाँ नागरिकताको प्रतिलिपि बनाउँन समस्या भएको उनको भनाई छ । पराजुलीले भने, “म उहाँलाई नगरिकताको लागि सिफारीश उपलब्ध गराउँन तयार छु, तर, प्रशासनले नेपाली हो भन्ने के छ प्रमाण ? भन्छ । हामीसँग प्रमाण छैन ।” नागरिकताको समस्या यस वडामा मात्र नभई मकवानपुरको अन्य स्थानमा पनि रहेको बताउँदै यसबारेमा सार्वजनिक सुनुवाई गर्नुपर्ने वडाअध्यक्ष पराजुलीले बताए ।