हेटौंडा–नारायणगढ सडक बिस्तार अभियान, घरटहरा भत्काउन फेरि सूचना जारी

भानुभक्त आचार्य
२७ श्रावण २०७८, बुधबार २२:२३

हेटौंडा – भौतिक पूर्बाधार तथा योजना मन्त्रालयले पथलैया–हेटौंडा–नारायणगढ सडकखण्डको सडक क्षेत्राधिकार खालीगर्न सूचनाजारी गरेको छ । सडक बिभाग, आयोजना निर्देशनालय (एडीबी) ले गत साउन १७ गते हेटौंडा उपमहानगरपालिका वडा नं १० लाईपत्राचार गरी सूचना टाँस गरी जानकारी उपलब्ध गराउन भनेको छ । यो सूचनापछि हेटौंडा बजार क्षेत्रको मुख्य राजमार्गको २५ मिटरभित्र बनेका घरटहरा भत्कने सम्भावना बढेको हो । सूचना प्रबाह भएपछि हेटौंडाको माहोल फेरि पनि तात्तिने सम्भावना बढेको छ ।

वर्षौंदेखिको चर्चापछि हेटौंडा बजारक्षेत्रमा सडक सीमा विस्तारको काम अगाडि बढेको हो । चारबर्ष अघि सडक बिभागले राजमार्गको २५ मिटर भित्र बनेका घरटहरा भत्काउन सुरु गरेपछि हेटौंडाका ब्यवसायीमा आतंक सृजना भएको थियो । त्यति बेला व्यवसायीले कम्तिमा ६ महिनाको समय माग गरेका थिए । तर, सडक बिभागले ४ बर्षपछि फेरि सूचना जारी गरेको हो ।

राष्ट्रिय महत्वका राजमार्गको सडकको दायाँबायाँ २५ मिटरभित्र बनेका घरटहरा हटाउन डिभिजन सडक कार्यालयले बारम्बार सूचना गर्दा हेटौंडामा एक प्रकारको आतंक सृजना हुने गरेको छ । हेटौंडा बजार क्षेत्रका करिब ५ हजार व्यवसायी प्रभाबित हुने सम्भावना बढ्दै गएको छ । मनहरी गाउँपालिकाको वडा नं. ६, ७, ८, ९ र हेटौंडा उमहानगरपालिकाको १, ३, ४, ८, ९, १०, ११, १४, १५, १९ वडालाई सूचना टाँस गरी जानकारी गराउन पत्राचार गरिएको हो ।

बाराको पथलैयादेखि भरतपुर महानगरपालिकाको गोन्द्रयाङसम्म १०० किलोमिटर सडकखण्डको स्तरोन्नति गर्नका लागि सडक बिभागले सूचना जारी गरेको हो । सरकारी निकायले पटकपटक सडक विस्तारका लागि संरचना हटाउन सूचना जारी गरेपनि काम भने हुन सकेको थिएन । ४ बर्ष अघि क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाको अगुवाइमा सडकको दाया“बाया“ २५ मिटरभित्र पर्ने संरकारी संरचना भत्काउने कामसुरु गरेको थियो तर, ब्यवसायीको चर्को बिरोधपछि तत्कालका लागि घरटहरा हटाउने कार्य स्थगित भएको थियो ।

सडकको केन्द्रविन्दुबाट दाया“बाया“ २५ मिटरको सिंमाङ्कन गर्ने काम सकेर सडक बिभागले पूर्बपश्चिम राजमार्ग स्तरोन्नति गर्ने क्रममा वातावरणीय प्रभाव मूल्यांकन प्रतिबेदन तयारी गर्ने आशयको सूचना जारी गरेको हो । यसस“गै सडक विस्तार गर्दा घर तथा संरचना पर्ने घरधनी आंतकित भएका छन् । पटकपटक रोकिदै आएको सडक विस्तार यसपटक हुने सम्भावना देखिएको छ । एसियाली विकास बैंकको ऋण अनुदानमा यो राजमार्गको स्तरीकरण गर्ने सडक बिभागका अधिकारीहरुले बताएका छन् ।

सडक अतिक्रमण गरेर निर्माण गरिएको भन्दै सूचनाजारी गरेपनि घरधनीले जग्गाधनीपूर्जा आफ्नो नाममाभएको बताउदै पटकपटक उच्चस्तरीय निकायमाधाइरहेकाथिए । राज्यले सडकको जग्गाभनेर दाबीगर्ने तर,बजार क्षेत्रकाघरधनीस“ग त्यसको लालपूर्जा रहेको अवस्था छ । राज्यले सडकको जग्गाभन्दै दाबी गरेको जग्गाको सर्वसाधारणले कर तिर्दै आएका छन् ।

No description available.

No description available.