नेपालमा हुने अमिताभ बच्चनको नयाँ फिल्मको शुटिंग

प्रहर खबर
१६ भाद्र २०७८, बुधबार १७:००

काठमाडौँ – बलिवुडका चर्चित फिल्म निर्माता निर्देशक सुरज बारजात्याको आगामी फिल्मको शुटिंग नेपालमा हुने भएको छ ।

‘उचाई’ नामको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बमन इरानी, निना गुप्ता लगायतका कलाकारले अभिने गर्ने यस फिल्मको धेरिया जसो शुटिंग नेपालमा हुने कोइमोई डटकमले उल्लेख गरेको छ ।

आगामी अक्टोबरमा अमिताभ बच्चनसहितको शुटिंग युनिट नेपाल आउने छन् । साथीहरुको कथामा बन्ने यो फिल्म सुरज बारजात्याले निर्देशन गर्दै छन् ।

कोरोना महामारीका कारण विश्वका कैयौं देश शुटिंगका लागि सुरक्षित नभएपछि निर्देशक बारजात्याले नेपालमा बायो बबल प्रोटोकल अपनाएर शुटिंग गर्न लागेको पिंकभिल्लाले लेखेको छ । नेपालमा यस फिल्मको शुटिंग ४० दिनभन्दा बढी हुने बताइएको छ ।

साथै फिल्ममा धेरै जसो बढी उमेरका कलाकार भएकोले पनि अन्य देश भन्दा नेपाल नजिक र सुरक्षित देखेपछि निर्देशक बारजात्याले नेपाल रोजेको मिडिया रिपोर्टमा उल्लेख छ ।

पारिवारिक र सन्देशमूलक फिल्म बनाउन निकै चर्चित रहेको राजश्री प्रोडक्सनका मालिक समेत रहेका बारजात्याले यस फिल्मलाई २०२२ को  मध्य पछि रिलिज गर्ने योजना रहेको बताइएको छ ।