कलाकार निशा घिमिरेकाे मृत्यु

प्रहर संवाददाता
प्रहर संवाददाता
१६ भाद्र २०७८, बुधबार २१:१२

काठमाडौं – मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ ।  नर्भिक अस्पताललमा उपचाररत निशाकाे बुधबार साँझ ६:५१ बजे मृत्यु भएको विज्ञप्तिमार्फत जनकारी दिएको छ ।

अस्पतालद्वारा जारी विज्ञप्तिमा सबै प्रयासका बाबजुद पनि निशाको ज्यान जोगिन नसकेको उल्लेख छ । ‘अस्पतालको सीसीयूमा लगातार उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भारतमा हुँदा सडक दुर्घटनामा परेर घाइते भएकी निशा लामो समयदेखि घरमै थला परेको अवस्थामा अस्पतालले गत जेठ २७ गते उद्धार गरेको थियो । अस्पतालले उनको निःशुल्क उपचार गरिरहेको थियो । घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि उनको अवस्था गम्भीर बनेको बताइएको छ ।