‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

प्रहर संवाददाता
प्रहर संवाददाता
१७ भाद्र २०७८, बिहीबार १२:१४

काठमाडौं – बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । भारतीय मिडियाले उनको ४० सिद्धार्थको उमेरमा हृदयघातका कारण निधन भएको जनाएको छ ।

सिद्धार्थ ‘बीग बोस’को विजेता समेत बनेका सिद्धार्थको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन ।

शुक्लाले बिग बोसको १३ औँ संस्करण जित्न सफल भएका थिए । उनले टेलिभिजन सिरियल ‘बालिका बधु’ बाट आफ्नो पहिचान बनाएका थिए । उनको जन्म सन् १९८० को डिसेम्बर १२ मा भएको थियो । उनले सन् २००४ मा टिभीमा पहिलोपटक अभिनय गरेका थिए ।