नेकपा एसका ८ इन्चार्ज तोकिए, वागमती प्रदेशमा केदार न्यौपाने

प्रहर संवाददाता
प्रहर संवाददाता
२० भाद्र २०७८, आईतवार ११:०६

काठमाडौं – नेकपा एकीकृत समाजवादी वागमती प्रदेशको इन्चार्जमा केदार न्यौपाने तोकिएका छन् । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले न्यौपानेलाई प्रदेशको इन्चार्ज तोकेको हो ।

एकपटक राष्ट्रियसभा सदस्य भएका न्यौपाने मकवानपुरका पूराना कम्युनिष्ट नेता हुन् । उनी नेकपा एसका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेका भाइ हुन् ।

अध्यक्ष नेपालको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले सुदूरपश्चिमबाहेक अन्य प्रदेशमा इन्चार्ज तोकेको हो । बैठकले प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत , प्रदेश २ को इन्चार्ज धर्मनाथ प्रसाद साह र गण्डकी प्रदेशको इन्चार्जमा केशवलाल श्रेष्ठ तोकिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेश इन्चार्जमा भागवत विश्वासी र कर्णाली प्रदेशको इन्चार्जमा प्रकाश ज्वाला तोकिएका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशमा भने इन्चार्ज तोकिन बाँकी छ । नेकपा एसले उपत्यका प्रदेशको इन्चार्जमा विश्वनाथ प्याकुरेल र विशेष प्रदेश इन्चार्जको जिम्मा विजय गुरुङलाई दिएको छ ।