नेपाल २ विकेटले विजयी

प्रहर संवाददाता
प्रहर संवाददाता
२२ भाद्र २०७८, मंगलवार १७:३२

काठमाडौं – पपुवा न्युगिनी विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले संघर्षपुर्ण जित निकालेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको हो ।

पपुवा न्युगिनीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गरेको हो ।नेपालको जितका लागि रोहित कुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरे । रोहितले ६५ बलमा ४१ रन जोड्दै आउट भए भने सोमपाल अविजित ३२ बलमा २२ रन बनाए ।

ओपनर कुशव भुर्तेल र आसिफ शेखको साझेदारी राम्रो भएपनि त्यसपछि आएका अन्य ब्याट्समेनले राम्रो प्रदर्शन गर्न सकेनन् । कुशल भुर्तेल १५ रन र आसिफ शेख ३० रन बनाएर आउट भएका थिए ।

त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमै आउट भएका थिए । आरिफ शेख ९ र शरद भेषावकर ६ रनमा आउट भए । त्यस्तै कुशल मल्ल १ रनमै आउट भए । पवन सर्राफ भने शून्यमै आउट भए ।

पीएनजीका लागि डेमन राबू, चार्ल्स अमिनी र चाड सोपर र गौडी टोकाले २/२ विकेट लिए । त्यस्तै,नोसैना पोकनाले १ विकेट लिए । टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ३३ ओभरमा सवै विकेट गुमाएर १३४ रन बनाएको थियो ।

लागि सिआकाले सर्वाधिक ३० रन, चार्लेस अमिनीले २३ रन र गौडी टोकाले २२ रन बनाए ।त्यस्तै किप्लिन डोरिगा १५ रनमा आउट हुँदा सेसे बाउ १४ रनमा आउट भए । कप्तान असाद भाला ४ रनमा आउट हुँदा टोनी उरा र नोसिना पोकाना १/१ रन तथा जासन किला र डामिन राभु सुन्य रनमा पेभेलियन फर्किए । चाड सोपेर १७ रनमा अविजित रहेका थिए ।

नेपालको जितका लागि सन्दीको बलिङ पनि उत्कृष्ट रह्यो । उनले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिए ।

त्यस्तै डेब्यु खेलाडी बिक्रम सोबले २ विकेट लिए । बिक्रमले ५ ओभरमा एक मेडनसहित २० रन खर्चिएर २ विकेट लिएका हुन् । बिक्रम डेब्यु खेलको पहिलो बलमै विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । कुशल मल्लले २ तथा सोमपाल कामीले एक विकेट लिए ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग दुई खेलको सिरिज खेलिरहेको हो । नेपाल र पीएनजीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।