अन्तर्वार्ता

जनप्रिय नेतालाई टिकट दिइनुपर्छ–भीमसेन महत

प्रहर संवाददाता
प्रहर संवाददाता
२५ भाद्र २०७८, शुक्रबार १४:५६

 

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनले यतिबेला मुलुकको गर्मी बढेको छ । कोरोना महामारीका कारण भएको लकडाउन, निषेधाज्ञा केही खुकुलो बन्दै जाने र आर्थिक क्षेत्रमा थोरै चहलपहल बढ्ने क्रममा छ । नेकाको महाधिबेशन कार्य तालिका सार्बजनिक भएसँगै क्रियाशील सदस्यता र निर्वाचन निर्देशिका लगायत विषयमा शीर्ष नेताबीच भएको सहमतिले मुलुकको गतिबिधिमा केही तीब्रता आएको हो ।

नेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएपछि क्रियाशील सदस्यताका विवाद समाधान गर्दै नामावली सार्वजनिक गरियो । महाधिवेशनको वातावरण तयार हुँदै गर्दा गुटगत राजनीतिको प्रभाव वडातहसम्म परेको छ । निर्वाचनमा जीत–हार ध्रुब सत्य हो । तर, सुनियोजित हार–जीतले क्रियाशील सदस्यबीचमा उत्पन्न बैरभाव र बैमनष्यले नेकाको भबिश्यकतालै जाला ? त्यो हेर्न बाँकी छ ।

आगामी भदौ १० माहुने जिल्ला तहको अबिधेशनमा जिल्ला सचिव पदमा उमेदवारी दिने तयारीमा रहेका नेपाली काँग्रेसका लोकप्रिय युवा नेता भीमसेन महतसँग प्रहरखबर डटकमका प्रधानसम्पादक भानुभक्त आचार्यले समसामयिक बिषयमा गर्नुभएको कुराकानीको सम्पादित अंश ।

प्रश्नःमुलुकको बर्तमान राजनीतिक तरलतालाई कसरी हेर्नुभएको छ ?
उत्तरःबिगतका दिनमा बीपीको सिद्धान्त बमोजिम नेपाली काँग्रेस चलेको थियो । तर, अहिले बिगतमा जस्तो निष्ठाको रजनीतिहुनै छाडेको छ । बिगतमापनि गुटगत राजनीति नभएको होइन ।त्यतिबेलाकुनै नेतासँगकुनै कार्यकर्ता रिसाएको खण्डमा अर्का नेताले संरक्षण गरिरहेका हुन्थे र पार्टी संगठन बलियो बनाउनका लागि सबै एकमत देखिन्थे ।अहिले बीपीको आदर्शबाट नेपाली काँग्रेस पूर्णरुपमा बिचलित भएको छ ।

बैयक्तिक स्वार्थपूर्तिका लागि मात्र गुट-उपगुट भएको छ । ब्यक्तिगत लाभका लागि भएको गुटबन्दीले पार्टीलाई नोक्सान पु¥याउँछ । पार्टीका सक्षम र योग्य कार्यकर्तालाई आफ्नो गुटभित्र परेन भने कुनैपनि हत्कण्डा अपनाएर पाखा लगाउने र आफ्नो चाकडी गर्ने हनुमान प्रबृत्तिका असक्षमलाई अगाडि लिएर जाने काम भएको छ । यो सामन्तबादी चरित्र हो र यहीचरित्र नेकाभित्र हाबी भएको छ ।

भूईंतहमा बसेर लामो समयदेखि नेपाली काँग्रेसको अस्तित्व जोगाइरहेका ईमान्दार नेता–कार्यकर्तालाई अहिले पाखा लगाउने काम भएको छ । यो कदम अत्यन्तै घातक हुन सक्छ । नेताको चाकडी गर्ने कार्यकर्ताले मात्रअवसर पाएका छन् । बीपीको समाजबादमा परिकल्पना गरिएको भन्दा ठीक उल्टो गतिमा नेपाली काँग्रेस चलिरहेको छ । यो अवस्था देश रजनताका लागि अत्यन्तै घातकसिद्ध हुन सक्छ ।

प्रश्नःमहाधिबेशनपछि नेपाली काँग्रेसको भबिश्यकता जाला ?
उत्तरःनेपाली काँग्रेसको आन्तरिक पार्टी ब्यवस्थापनर ग्रुपिजमले नै पार्टी सिद्याउँदैछ । तर, ठूलो संख्यामा रहेका क्रियाशील युवा जमातले पार्टी एक बनाउन खोजिरहेको अवस्था पनि छ । यसकारण साह्ै निराश हुनपर्ने अवस्था पनि छैन । रातपछि दिन आउने पक्का छ ।नेपाली काँग्रेसको भबिश्य उज्ज्वल बनाउनका लागि तिनै युथको भूमिका अत्यन्तै महत्वपूर्ण हुनेछ । महाधिबेशनले चयन गरेको नेतृत्वलाई स्वीकार गर्दै आगामी रणनीतिहरु तय गर्न सक्नुपर्छ । एक माघले जाडो जाने होइन भन्ने नेपाली उखान त्यसै आएको होइन । यो निर्वाचनमा पराजित भएकोमा त्यत्ति धेरै निराशाबादी बन्न जरुरी छैन । आगामी दिनमा फेरि पनि निर्वाचन आउँछ नै । जनताको माझमा बस्न सकेको खण्डमा नेतृत्व गर्ने अवसर फेरि पनि आउँछ ।

प्रश्नःनेपाली काँग्रेसको अबको रणनीति कस्तो हुनुपर्छ ?
उत्तरःभुईं तहको संगठनमा अवद्ध सदस्यहरुले स्वीकार गर्न सक्ने खालको नेतृत्व चयन गर्न सक्नुपर्छ । माथिल्लो निकायबाट थोपर्ने खालको परिबेश हुनभएन । बर्तमान अवस्थाको गुटलाई स्वीकार गर्दै जनतामा झन लोकप्रिय र निष्ठावान नेतालाई टिकट दिईनुपर्छ । महाधिबेशनको माहोलले बिभिन्न तहका कार्यकबर्तामा असन्तुष्टि पैदा गरेको छ र त्यो असन्तुष्ट कार्यकर्ताको भावनालाई पनि समेटेर अगाडि बढ्न सकिएन भने यो भन्दा ठूलो संकट नेपाली काँग्रेसले ब्यहोर्नु पर्ने हुन्छ । गुटगत स्वार्थकै कारण योग्य र क्षमतावान कार्यकर्ता बिस्थापित हुन पुगेका छन् । महाधिबेशन पछिका दिनमा त्यस्ता बिस्थापित हुन लागेकालाई बिभिन्न स्थानमा मनोनित गरेर भएपनि पार्टी टिकाउनु जरुरी छ ।

प्रश्नःनेपाली काँग्रेसमा नवप्रबेशीलाई टिकाइराख्ने योजना के छ त ?
उत्तरःनवप्रबेशीलाई पार्टी संगठनमा टिकाउन सकिएन भने पार्टी कमजोर हुन्छ । त्यसैले पनि पार्टीको अवको रणनीति भनेको नवप्रबेशीलाई बैचारिक एबम् संगठनात्मक रुपमा बलियो बनाउनै पर्छ । यसका लागि सबैभन्दा पहिला प्रशिक्षण आवश्यक छ । प्रशिक्षण अभावका कारण पार्टीभित्र अहिलेको गुट उपगुटको अवस्था सृजना भएको हो । गुटगत राजनीतिले गाँजेको कारण अहिले पार्टीभित्र ठूलो अन्तर्घात भइरहेको छ । यो सबै समस्याको समाधान नै प्रशिक्षण हो । प्रशिक्षणले नै युवालाई क्रियाशील बनाउँछ र निष्ठाबान पनि बनाउँछ ।

प्रश्नःनेपाली काँग्रेसका युवालाई समाज सेवाको क्षेत्रमा क्रियाशील बनाउने योजना के छ त ?
उत्तरःयुवा शक्ति भनेको सबैभन्दा ठूलो शक्तिहो त्यसैले यो जनशक्तिलाई समाज सेवाको क्षेत्रमा क्रियाशील गराउनकालागि पनि प्रशिक्षण मार्फत् नै जानुपर्ने हुन्छ । युवामा झबीपीको समाजवादको शैली हस्तान्तरण गरी सामाजिक क्षेत्रमा सक्रिय बनाउने काममा त्रगर्न सकियो भने नेपाली काँग्रेसको भबिष्य उज्ज्वल छ । अहिले नेकाको शुभेच्छुक, भ्रातृ संगठनबीचमा ट्युनिङ छैन । शुभेच्छुक र भ्रातृ संगठनबीच पार्टीको ट्युनिङ मिलाउन सकेको खण्डमा नेपाली काँग्रेस पार्टी सुदृढ गर्न सकिन्छ ।

प्रश्नःनेपाली काँग्रेसको जिल्ला सचिवमा तपाईंको उमेद्वारी किन त ?
उत्तरःनवप्रबेशीलाई संगठित गर्दै, ब्यवस्थित गर्दै पार्टी संगठन चुस्त बनाउनका लागि मेरो उमेद्वारी हो । जिल्ला कमिटीको बैठकको निर्णय भुईंतहसम्म लैजानका लागि पहल गर्ने छु । लामो समयदेखि नेपाली काँग्रेसमा लागेर आफ्नो जीवनको अधिकांश हिस्सा पार्टीको काममा बिताएका सम्मानीत जेष्ठ नागरिकलाई सम्मान गर्न सकिरहेको छैन । यसैले पनि पार्टीलाई नोक्सान भएको छ । यदि जेष्ठ नागरिकको अनुभव र युथको जोश जाँगरलाई संयोजन गर्ने हो भने पार्टीको छबि धेरै माथि पुग्छ । त्यसैका लागि मेरो प्रयास रहने छ । स्थानीय तहमा रहेर काम गरिरहेका साथीहरुको भावनालाई समेटेर अगाडि जाने योजना छ । सचिवालय ब्यवस्थि तगर्ने, बिधिपूर्बक बैठक संचालन गर्ने माइन्युट गर्ने, निर्णयका सारभूत कुराहरु तल्लो तहसम्म लैजाने कार्य अहिले भएको छैन तर, मैले त्यो सबै गर्न सक्छु भन्ने बिश्वाश दिलाउन चाहन्छु । अन्तमा सबै साथीहरुलाई जय नेपालभन्न चाहन्छु ।