कतारमा नेपाली टोलीको अन्तिम तयारी(तस्बिरसहित)

प्रहर संवाददाता
प्रहर संवाददाता
२८ भाद्र २०७८, सोमबार १४:०६

काठमाडौं – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले कतारमा प्रशिक्षण शुरु गरेको छ । शुक्रबार कतारको दोहा प्रस्थान गरेको नेपाली टोलीले साफ च्याम्पियनसिपको अन्तिम तयारी थालेको हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा नेपाली टोलीले कतारमा १५ दिन विशेष प्रशिक्षण गर्ने छन्। प्रशिक्षण पश्चात नेपाली टोली १३ औं संस्करणको साफ च्याम्पियनसिपको लागि असोज ११ गते कतारबाटै माल्दिभ्स प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

साफ च्याम्पियनसिप असोज १५ गते माल्दिभ्सको मालेमा शुरु हुनेछ । प्रतियोगितामा ५ राष्ट्रको सहभागिता रहने छ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपालले साविक विजेता समेत माल्दिभ्ससँग असोज १५ गते खेल्नेछ ।

च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध असोज १८ गते खेल्ने छ भने तेस्रो खेल भारतसँग असोज २४ गते खेल्ने छ । त्यस्तै अन्मित खेल असोज २७ गते बंगलादेशसँग खेल्ने छ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० प्रतिस्पर्धा गर्ने छन्।

नेपाली टोली
किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज ज्यु ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ र आशिष लामा

तस्बिरः एन्फा

May be an image of 10 people, people playing sports, people standing and grass

May be an image of 3 people, people playing sports, people standing and grass

May be an image of 8 people, people playing sports and outdoors

May be an image of one or more people, people standing, people playing sports, grass and text that says 'ANFA'

May be an image of 5 people, people playing sports, people standing, grass and text that says 'ANFA'

May be an image of 7 people and outdoors

May be an image of 2 people, people standing and outdoors

May be an image of 3 people, people standing, outdoors and text that says '1 ANFA'

May be an image of 6 people and people standing

May be an image of 2 people, people playing sports and grass

May be an image of 1 person, playing a sport and grass