मकवानपुरमा कोरोनाका कारण १ सय ६४ को मृत्यु

प्रहर संवाददाता
प्रहर संवाददाता
२८ भाद्र २०७८, सोमबार १४:४९

हेटौंडा – मकवानपुरमा कोरोनाका कारण हालसम्म १ सय ६४ जनाको मृत्यु भएको छ । सोमबार हेटौंडा उपमहानगरपालिकामा एक जना कोरोना संक्रमितको मृत्यु भएसंगै उक्त संख्या पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्यका कार्यालयका अनुसार जिल्लामा सबै भन्दा भन्दा बढी हेटौंडा उपमहानगरपालिका १ सय १६ जनाको मृत्यु भएको छ । त्यस्तै मनहरीमा १४ जना, थाहामा ९ जना, भिमफेदीमा ७ जना, मकवानपुरगढी र बकैयामा ५/५ जना, बागमतीमा ४ जना, राक्सिराङ्ग र कैलाशमा २/२ जनाको मृत्यु भएको छ । कोरोनाका कारण इन्द्रसारोबरमा एक जनाको पनि मृत्यु नभएका स्वास्थ्यका कार्यालयले जनाएको छ ।

कोरोना संक्रमण घट्दै

जिल्ला पछिल्लो सयम कोरोना संक्रमण घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ९ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न बिधीबाट १ सय २२ जनामा परीक्षण गर्दा ९ जनामा मात्रै कोरोना पुष्टि भएको हो । सोही अवधिमा ३१ जनामा कोरोनामुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हाल जिल्लामा २ सय ५३ जना संक्रिय संक्रमित रहेका छन् । जसमा २ सय ४७ जना होमलाइसोलेशमा छन् भने ७ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।  स्वास्थ्यका कार्यालयको आकडा अनुसार जिल्लामा १५ हजार १७ जनालाई कोरोना संक्रमण हुँदा १४ हजार ५ सय ५० जना निको भएका छन् ।

१ लाख ३८ हजारलाई खोप 

जिल्लामा १ लाख ३८ हजार ९५१ जनाले कोरोनाबिरुद्ध विभिन्न देशबाट ल्याईएको खोप लगाएका छन् भने १ लाख २ हजार ९५४ जनाले पुरा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

May be an image of text that says 'सामाजिक विकास मन्त्ालय स्वास्थ्य निर्देशालय स्वास्थय कार्यालय मकवानपुर हेटोंडा जिल्लाको कोभिड सम्पर्क ०५७-५२०७१5 makawanpur1@email Update: दिउसो क्वारेनटाइनमा सम्मको स्वाव परीक्षण पालिकाको नाम संक्रमित क्वारेन विगत घण्टा टाइनमा विगत घण्टा Antigen बसेको डिस्चार्ज विगत उप.म.न.पा 217 २४ घण्टाम हालस 187 मकवानपुरगढी 0 बागमती गा.पा 132 430 116 161 इन्द्रसरोवर 5.भिमफेदी 11 0 4 जम्मा काभड १९ पाहला मात्रा यक्सन लगाएका जम्मा सम्म कोभिड ोपूर्ण खोप गाएको १३८९५१ १०२९५४ 14550 अस्पतालको आईसोलेसनमा आईसोलेसनमा गौरिटार आईसोलेसनमा =0 आईसोलेसनमा रहेको ४५ बर्षको'