हेटौंडा ४ मा माओवादीको कार्यालय

प्रहर संवाददाता
प्रहर संवाददाता
२८ भाद्र २०७८, सोमबार १७:०२

हेटौंडा – हेटौंडा उपमहानगरपालिका–४ मा नेकपा माओवादीको वडा कार्यालयको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमविच प्रमुख अतिथी प्रेमबहादुर पुलामी (छिन्तु) र नगर इन्चार्ज विवेक राइले संयुक्त रूपमा पार्टीको व्यानर खोलेर कार्यालय उद्घाटन गरेका हुन्।

थाहा चोकमा भएको कार्यक्रममा हरिप्रसाद ढकालको अध्यक्षतामा दीर्घनारायण भट्टराई, प्रदेश कमिटी सल्लाहकार कौशल पाण्डे, ऋषिराम पोखरेल, महिला नेत्री नमुना पाण्डेलगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा अतिथिहरु सचिवालय सदस्य, कमान सिंह पाख्रीन, नगर अध्यक्ष तिर्थबहादुर थापा, जिल्ला सदस्य जङ्गबहादुर विक, रिनेश श्रेष्ठ, ४ नम्बर वडा इन्चार्ज लवराज ठकुरी, मनकादेवी थापा, शान्ती श्रेस्ठ, अञ्जली थापा लागायतको उपस्थिति रहेको थियो ।