सरकार माग्छ भने, एमसिसीले दिने रकम नेपाली जनता दिन तयार छः पुलामी

प्रहर संवाददाता
प्रहर संवाददाता
२८ भाद्र २०७८, सोमबार १७:१०

हेटौंडा – बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी(छिन्तु)ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले देशमा आमुल परिवर्तन हुन्छ भने नेपाली जनताहरुले रकम संकलन गर्न तयार रहेको बताए ।

हेटौंडा–४ मा पार्टी सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा एमसिसी अनुदान सहयोग नेपालको हित विपरीत भएको उल्लेख गर्दै उनले एमसिसी पारित भए बाह्य हस्तक्षेप बढ्ने जिकिर पनि गरे। उनले एमसिसि कुनैपनि हालतमा पास गर्न नहुने बताए ।

उनले एमसिसि मार्फत आउने भनिएको ५५ अर्ब रकम ३ करोड नेपाली जनताको टाउको गन्दा प्रतिब्यक्ती १ हजार ८ सय भागमा पर्ने बताए । ‘नेपाल सरकारले जनतासंग एमसिसी मार्फत प्राप्त हुने वरावरको रकम माग्छ भने, उक्त रकम देशविदेशमा रहेका नेपालीहरुले स्वतस्फुर्त रुपमा दिन तयार छन्। जनभावना अनुरुप काम हुनुपर्यो’, उनले भने।