नेपालको एकदिवसीय वरीयतामा एक स्थान सुधार

प्रहर संवाददाता
प्रहर संवाददाता
२९ भाद्र २०७८, मंगलवार १२:१८

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय वरीयतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को नयाँ एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।

नयाँ वरीयता अनुसार नेपाल १५औँ स्थानमा छ । अघिल्लो वरीयतामा नेपाल १६औँ स्थानमा थियो । एसोसियट राष्ट्रमा नेपालभन्दा अघि स्कटल्याण्ड र नेदरल्यान्ड्स रहेका छन्।एकदिवसीय वरीयतामा न्युजिल्यान्ड शीर्ष, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो र भारत चौथो स्थानमा छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजनका लागि नेपाल हाल ओमान भ्रमणमा छ । नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्धको दुई खेलको एकदिवसीय सिरिज जितेको थियो । त्यसपछि डिभिजन–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले सोमबार अमेरिकालाई पराजित गरेको थियो ।