१ हजार ३३० मा कोरोना पुष्टि, ३३५ आईसीयूमा र १०७ भेन्टिलेटरमा उपचाररत

प्रहर संवाददाता
प्रहर संवाददाता
५ आश्विन २०७८, मंगलवार १७:१४

काठमाडौं – नेपालमा विगत २४ घण्टामा देशभर १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सो अवधिमा मुलुकभरका प्रयोगशालामा गरिएको १३ हजार ६२२ जनाको पीसीआर तथा एन्टीजेन परीक्षणमा १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६२६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३६ र ३ हजार ९९६ जनाको एन्टीजेन परीक्षण गर्दा २९४ जनामा संक्रमण पुष्टि भएको हो।

उक्त अवधिमा मुलुकभर १ हजार ८३० जना संक्रमित संक्रमणमुक्त भएका छन्। सो अवधिमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।

हाल मुलुकभर २१ हजार ५२४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ। तीमध्ये २० हजार १६४ होम आईसोलेशनमा छन् भने संस्थागत आईसोलेशनमा १ हजार ३६० जना संक्रमित रहेका छन् ।

हाल ३३५ जना आईसीयूमा र १०७ जनाको भेन्टिलेटरमा उपचार भइहेको छ। त्यसैगरी, उक्त अवधिमा मुलुकभर ५५ हजार २४२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।