चार लाखसहित १७ जना जुवाडे पक्राउ

प्रहर संवाददाता
प्रहर संवाददाता
६ आश्विन २०७८, बुधबार १०:२४

झापा – दमक नगरपालिका–१ बाट इलाका प्रहरी कार्यालय दमकको टोलीले झापा प्रहरीले ४ लाख २७ हजार ६ सय रुपैयाँ १७ जनालाई जुवा खेलिरहेका बेला नियन्त्रणमा लिएको छ।

मंगलवार राति साढे ११ बजे हिमाल देवानको भान्सा कोठामा जुवा खेलिरहेका उनीहरुलाई नियन्त्रणमा लिएको रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

जुवा खालबाट भद्रपुर नगरपालिका- ७ का ५१ वर्षीय युवराज न्यौपाने, भद्रपुर-९ का ४९ वर्षीय दिलबहादुर राई, भद्रपुर-१० का ५० वर्षीय ठाकुरप्रसाद निरौला, बिर्तामोड नगरपालिका-१ का ४२ वर्षीय तीर्थ अधिकारी, गौरादह नगरपालिका- ५ का ४५ वर्षीय हरि कोइराला, कमल गाउँपालिका-४ का ४७ वर्षीय सुबिन्द्र सुब्बा, कनकाई नगरपालिका-३ का ३२ वर्षीय मोहन बराल, सोही ठाउँका ३२ वर्षीय सुनिल साह, मोरङको ग्रामथान-४ का ५७ वर्षीय लक्ष्मीप्रसाद अधिकारी, ग्रामथान- ५ का ४२ वर्षीय नैनकुमार चौधरी र ग्रामथान- ६ का ४४ वर्षीय रुपेश तामाङलाई नियन्त्रणमा लिएको थापाले बताए।

त्यस्तै‚ मोरङको पथरी शनिश्चरे नगरपालिका- ४ का ४० वर्षीय बलराम बस्नेत, पथरी शनिश्चरे- १ का ४३ वर्षीय गंगाराम मगर, बेलबारी नगरपालिका- ११ का २१ वर्षीय निशान पोखरेल, दमक-७ का ४९ वर्षीय कर्ण राई, सोही ठाउँका ४० वर्षीय राजन दाहाल र दमक-३ का ३४ वर्षीय विनोद थेबे रहेको डिएसपी थापाले जानकारी दिए।