सुनको भाउ बढ्यो

प्रहर संवाददाता
प्रहर संवाददाता
६ आश्विन २०७८, बुधबार १२:२८

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य ९ सय बढेको छ । छापावाल सुन प्रतितोला ९० हजार १ सयमा कारोबार भइरहेको छ । हिजो प्रतितोला ८९ हजार २ सेय थियो ।

तेजावी सुनको भाउ प्रतितोला ८९ हजार ६५० रूपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी चाँदीको मूल्य तोलामा २५ रूपैयाँले बढ्दै प्रतितोला १ हजार १६५ रूपैयाँ कायम भएको छ ।