तरकारी बजार नजिकैको ढलमा खसेर बालक बेपत्ता

प्रहर खबर
६ आश्विन २०७८, बुधबार १२:३८

काठमाडौँ — काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन ।

बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर गएराति ति बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिइन् । स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् ।