नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ

प्रहर संवाददाता
प्रहर संवाददाता
६ आश्विन २०७८, बुधबार १३:०१

काठमाडौं – नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ । उनले छोरीसहितको तस्वीर फेसबुकमा सार्वजनिक गरेकी छन् ।

सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशुको तस्विर पोस्ट गरेका छन् । उनले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरेकी छिन् ।