मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु

प्रहर संवाददाता
प्रहर संवाददाता
६ आश्विन २०७८, बुधबार १३:०६

काठमाडौं – मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–३२ छाप्रो बस्ने रामेछाप खर्पु घर भएका ३२ वर्षीय लक्ष्मण सुनारको मंगलवार साँझ मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

पैदल हिँडिरहेको अवस्थामा सुनारलाई प्रदेश ३–०२–०११ प ३६१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उनको मदरल्याण्ड अस्पताल पेप्सीकोला हुँदै ट्रमा सेन्टरमा थप उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।