मकवानपुरगढीमा १४ करोड लागतमा पक्कीपुल निर्माण सुरु

प्रहर संवाददाता
प्रहर संवाददाता
७ आश्विन २०७८, बिहीबार १०:२९

हेटौंडा – मकवानपुरगढी गाउँपालिकामा १४ करोड रुपैयाँ लागतमा १ सय २० मिटर लामो पक्की पुल निर्माणको काम सुरु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नंम्बर २ लामिडाँडा र वडा नम्बर–६ डुम्रेकुना जोड्ने पुल निर्माणको काम सुरु भएको हो ।

पुल नहुँदा हिउँद र वर्षायाममा समेत सवारीका साधन ओहोर दोहोर गर्नका लागि वर्षौ देखि समस्या भएको र अब भने सहज हुने गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले वताउनुभयो । संघीय सरकारको लगानीमा ठेक्का मार्फत पुल निर्माण सुरु भएको हो । पुल निर्माणले बिकाशको महत्वपुर्ण कोषेढुङ्गा सावित हुने उहाँले वताउनुभयो ।

डुम्रेकुनामा अस्पताल निर्माण हुँदै गरेकोले यस अस्पतालमा आउनका लागि पनि पुलले निकै सहज हुने उहाँले वताउनुभयो । पुल निर्माण भएपछी गढी गाउँपालिकाका सबै वडाका नागरिकलाई सहज हुने छ । दुइवर्ष भित्रमा पुल निर्माण गर्ने संझौता भएपनि एक वर्षभित्रमा निर्माणको काम सक्ने उहाँले वताउनुभयो । जनपत्रबाट