ललितपुरले दियो चितवनलाई १०९ रनको लक्ष्य

प्रहर संवाददाता
प्रहर संवाददाता
१७ आश्विन २०७८, आईतवार १६:०५

काठमाडौं – एभरेष्ट प्रिमियर लिग९ईपीएल०मा ललितपुर प्याट्रियट्सले चितवन टाइगर्सलाई १ सय ९ रनको झिनो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रनको योगफल तयार गरेको थियो ।

ललितपुरका लागि जयकिशान कोल्सावालले ३३ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४२ रन बनाएका थिए । ओपनर सान्दुन विराकोडि ९ बलमा १४ रन र कुशल भुर्तेल १ रनमा पेभिलियन फर्किए । त्यस्तै सुर्य तामाङ ११ र ललित नारायण राजवंशि ९ रनमा अविजित रहँदा बाँकि कुनै ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

ललितपुरलाई सस्तैमा समेट्न चितवनका कमल एरिले ४ ओभरमा २४ रन खर्चिदै सर्वाधिक ३ विकेट लिए । करिम जनत र सागर ढकालले २– २ विकेट लिए । शाहब आलमको नाममा १ विकेट लिए ।