ईपिएल क्रिकेटः चितवनले दियो १ सय ६४ रनको लक्ष्य

प्रहर संवाददाता
प्रहर संवाददाता
१८ आश्विन २०७८, सोमबार १२:०१

काठमाडौं – एभरेष्ट प्रिमियर लिग(ईपीएल)मा चितवन टाईगर्सले भैरहवा ग्लाडियटर्सलाई १ सय ६५ रनको चुनौती दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रन बनाएको हो ।

चितवनको लागि करिम जनतले ३५ रन र मोहम्मद सहजादले ३२ रन योगदान दिए । सिकुगे प्रसन्नाले २४ रन, कमल सिंह ऐरी ७ रनमा अविजित रहे । त्यस्तै भिस सार्की १६, राजेश पुलामी १४, दिलिप नाथ १३, देव खनाल ५ र खडक बोहरा १ रनमा आउट भए ।

भैरहवाका अविनाश बोहराले तीन विकेट लिए । त्यस्तै कुशल मल्लले दुई तथा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले एक—एक विकेट लिए । ४ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा रहेको चितवन क्वालिफायरमा प्रवेश गरिसकेको छ ।