पूर्वमन्त्री जोशी एकीकृत समाजवादीमा

रासस
२१ आश्विन २०७८, बिहीबार १६:५८

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भानुभक्त जोशी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । यहाँ आज आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जोशीलाई स्वागत गर्दै एमाले नेतृत्व श्वेच्छाचारी भएका कारण उक्त पार्टीबाट विद्रोह गरी यो पार्टी स्थापना गरिएको बताए ।

उनले जोशीलाई स्थायी कमिटी सदस्यमा मनोनित गर्न बैठकमा प्रस्ताव गरिने प्रतिबद्धता व्यक्त गरे । पूर्व प्रधानमन्त्री नेपालले आफ्नो पार्टीले लोकतन्त्र र संविधानको रक्षा गरी क्रान्तिकारी धारलाई सशक्तरुपमा अगाडि बढाउने बताए।उनले मुलुकको विकास र समृद्धिका लागि समाजवाद स्थापना गर्नुपर्नेमा पनि जोड दिए । सो पार्टीको स्थायी कमिटीको सातौँ बैठक आज बस्दै छ ।