बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रहर संवाददाता
प्रहर संवाददाता
२२ आश्विन २०७८, शुक्रबार १२:३१

काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार थप २०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि भएर ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत २०० रुपैयाँले नै वृद्धि हुँदै ९० हजार १५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य आज शुक्रबार गत बिहीबारकै मूल्य कायम रहँदै अस्थिर रहेको महासंघले जनाएको छ । गत बिहीबार चाँदी प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।