विश्वभर १ करोड ८९ लाख कोरोना संक्रमितको उपचार हुँदै, ४८ लाख बढीको मृत्यु

रासस
२२ आश्विन २०७८, शुक्रबार १२:५९

चीनको बुहानबाट करिब २ वर्ष अगाडी सुरु भएको कोरोना भाइरसले विश्वभर आतंक मच्चाइरहेको छ । भदौ महिना लागेसँगै नेपालमा संक्रमणदर घट्दै गईरहेको छ । कुनै दिन १० हजारको दरमा हुने संक्रमितको संख्या अहिले १ हजार वरिपरि आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउनको संख्या सवा करोड पुगेको छ । हिजो एकैदिनमा ५७ हजार १ सय ५८ जना खोप लगाएका हुन् ।

विश्वभर हालसम्म २३ करोड ७५ लाख ७२ हजार १८६ जना कोरोना संक्रमित भएका छन् भने संक्रमित मध्ये २१ करोड ४६ लाख ६१ हजार ८ सय ८३ जना संक्रमणमुक्त भएका छन् ।

संसारभर ४८ लाख ४९ हजार ६ सय ९४ जनाको हालसम्म संक्रमणकै कारण निधन भएको वल्डोमिटरले जनाएको छ । त्यस्तै, १ करोड ८० हजार ६० लाख ६ सय ९ जनाको उपचार भैरहेको छ । ८४ हजार ४१ जनाको गम्भिर अवस्थामा भेन्टिलेटरमा उपचार भैरहेको जनाईएको छ ।