हेटौंडा १५ मा भएको दशैं कपको उपाधि सुनौलोलाई

प्रहर संवाददाता
प्रहर संवाददाता
२२ आश्विन २०७८, शुक्रबार २१:२३

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१५ मा भएको टोल स्तरीय फुटबल प्रतियोगिता(दशैं कप)को उपाधि सुनौलो टोल विकास संस्थाले जितेको छ । बागमती प्रदेश शसस्त्र प्रहरी गण मुख्यालय रातेमाटेको खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा समृद्धी टोल विकास संस्थालाई २–० गोल अन्तरले पराजित गर्दै सुनौलोले उपाधि जितेको हो ।

No description available.

सुनौलोलाई उपाधि दिलाउनका लागि फत्तेमान घले र धावा गोले एकएक गोल गरे । पहिलो हाफ देखिनै खोलमा समृद्धीमाथि दवाब राखेको सुनौलोले दोस्रो हाफमा गोल गर्दै उपाधि चुमेको हो । फत्तेमानले पहिलो गोल दोस्रो हाफको ४६ औँ मिनेट गरे । त्यस्तै धावाले ६८ औँ मिनेटमा गोल गर्दै टोलीलाई उपाधि दिलाएका हुन् ।

टोलीलाई उपाधि दिलाउन नसकेपनि उत्कृष्ट खेलप्रर्दशन गर्दै दर्शकको मन जित्न सफल समृद्धीका गोलरक्षक सलोन गोल फाइनल खेलका म्यानअफ द म्यच घोषित भए ।

प्रतियोगिताको विजेता सुनौलोले ट्रफि सहित नगद ५० हजार प्राप्त गरेको छ भने उपविजेता समृद्धीले ट्रफि सहित नगद २५ हजार, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका सुनौलोका फत्तेमान घले प्रतियोगिताकै सर्बोउत्कृष्ट खेलाडी घोषित भए । उनले ट्रफि र प्रमाणपत्र हात पारे ।

No description available.

त्यसैगरी प्रतियोगिताको उत्कृष्ट फरवार्ड रातोमाटेका अनिस लामा, वेस्ट डिफेन्डरमा समृद्धीका सागर भोलान, वेस्ट मिडफिल्डरमा सुनौलोका सन्त बहादुर घले, गोलरक्षकमा सुनौलोका निश्चल गुरुङ्ग र सर्वाधिक गोलकर्तामा रातोमाटेका अनिस लामा घोषित भए । विधागत उत्कृष्ट हुनेहरुलाई मेडल र प्रमाण पत्र प्राप्त गरे ।

श्री शक्तिश्वरी युवा क्लवको आयोजना भएको प्रतियोगितामा बिजेता तथा उपविजेतालाई प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले पुरस्कार बितरण गरेका थिए । पुरस्कार वितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतले विजेता र उपविजेता हुने टोलीलाई बधाई दिए । उनले हाल खेल सम्पन्न भएको खेल मैदानलाई स्तरउन्नतीको लागि बजेटको प्रवन्ध गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

त्यस्तै कार्यक्रम समापनमा बोल्दै श्री शक्तिश्वरी युवा क्लबका अध्यक्ष एस.के लामाले प्रतियोगितालाई सहयोगि दातहरुप्रति आर्दिक अभार प्रकट गरे । आगामी दिनमा यस प्रतियोगितालाई निरन्तरता दिन र खेलमैदान स्तर उन्नतीको लागि मेयर महत समक्ष बजेटको माग समेत गरे ।

No description available.

प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नंं.१५ का वडाध्यक्ष महारत्न लामा, खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, बागमती प्रदेश शसस्त्र प्रहरी गण मुख्यालय रातेमाटेका प्रमुख प्रहरी उपरीक्षक केदार खनाल, फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामा, वडाका जनप्रतिनिधि, टोल विकास संस्था, विभिन्न पार्टीका प्रतिनिधि, समाजसेवी, स्थानीयहरुको उपस्थिति रहेको थियो । नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा आयोजना गरिएको प्रतियोगितामा वडाका १८ वटा टोल विकास समितिको सहभागिता रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.