हेटौंडा ४ मा फुटसल प्रतियोगिता

प्रहर संवाददाता
प्रहर संवाददाता
२६ आश्विन २०७८, मंगलवार १५:५१

हेटौंडा – विजया दशमी, शुभ– दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको पुनित अवसर पारेर हेटौंडा उपमहानगरपालिका ४ वडाका युवाहरुले ४ नम्बर वडास्तरिय ५ ए साइड खसी कप फुटसल प्रतियोगिता सन्चालन भएको छ ।

कुमार थोकर सम्योजक भएको उक्त कार्यक्रममा प्रमुख अतिथी नेकपा एकीकृत (समाजवादी), विशेष अतिथी, मकवानपुर जिल्ला खेलकुद विकास समिती अध्यक्ष सानू लामा, अतिथीहरुमा नेपाली काङ्ग्रेस पार्टी प्रवक्ता प्रदिप कोइराला, ने.का. ४ नम्बर वडा सभापति हरिप्रसाद पौडेल, नेकपा माओवादी केन्द्र ४ नम्बर वडा अध्यक्ष अजिव भट्टराई, मकवानपुर जिल्ला फूटबल संघ कार्यसमिति सदस्य विमल श्रेष्ठ, विजय कार्की, सरोज राई, शुभराज लामा लगायतको उपस्थिति रहेको थियो ।

हिजो असोज २५ गते भएको दुई खेलमा कर्रा-हुप्रा र देउला समाजले जितेका छन् । देउला समाजका किपर सलिम देउला र कर्रा-हुप्राका निरज सिंह ठकुरी उत्कृष्ट खेलाडी भए उनिहरुले एकएक क्रेट अन्डा पुरस्कार पाए ।

प्रथम हुने टिमले २० किलोको खसी र दोश्रो हुने टिमले १५ किलोको खसी पाउनेछन् । सातवटा रहेको टिममा खेलको नतिजाको छिनोफानो आजै हुनेछ ।