मकवानपुरमा लडेर एक जनाको मृत्यु

प्रहर संवाददाता
प्रहर संवाददाता
२६ आश्विन २०७८, मंगलवार १७:२२

हेटौंडा – मकवानपुरमा दशैँको पिङको लठ्ठा बाँध्ने क्रममा क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

सोमबार राति जिल्लाको भीमफेदी गाउँपालिका वडा नंबर ६ माण्डुमा दशैँको लागि लिङ्गे पिङको लठ्ठा बाँध्ने क्रममा लडेर स्थानीय ५३ वर्षीय प्रेम लामाको मृत्युको जिल्ला प्रहरी कार्ययल मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

लडेर घाइते लामालाई तत्काल उद्धार गरेर अस्पताल लगिएकोमा उपचारका क्रममा रातीनै मृत्यु भएको प्रहरीले जनाएको छ ।