कर्रा-हुप्र टिमले जित्यो खसी

प्रहर संवाददाता
प्रहर संवाददाता
२७ आश्विन २०७८, बुधबार ०९:३४

चाडपर्वको अवसरमा ४ नम्बर वडा स्तरिय पाँच ए साईड खसी कप फुटसल खेलको फाइनल खेल फुलपातिको दिन सम्पन्न भएको हो । फाइनल खेलमा कर्रा-हुप्र टिमले एफसी कमलडाडालाइ ५-१ को फराकिलो गोल अन्तरले विजयी भै २० किलोको खसिसहित एक कार्टुन वियर, एक कार्टुन चाउमिनसहित मेडल प्राप्त गरे । उक्त पुरस्कार कार्यक्रमको प्रमुख अतिथी तथा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् हाल मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उमेदवार कृष्ण गुप्ता अग्रवालले वितरण गरेका थिए । उनले दुबै टिमलाइ एकएक कार्टुन चाउमिन वितरण गरेका थिए ।
अर्का अतिथी नेकपा माओवादी केन्द्र नगर अध्यक्ष तिर्थ थापा मगरले दोस्रो हुने टिम एफसी कमलडाडालाई पुरस्कार वितरण गरे । फाइनल खेलको उत्कृष्ट खेलाडी कमलडाडाका कृष्ण गुरुङ भए उनले एक क्रेट अन्डा पाए । खेल अवधिभरको सर्वोत्कृष्ट खेलाडी निरज सिंह ठकुरी भए उनले लोकल भाले पाए । उनले ह्याटि्रक समेत गरे ।
उक्त कार्यक्रमको अतिथिहरुमा मकवानपुर जिल्ला फूटबल संघका उपाध्यक्ष राजकुमार श्रेष्ठ, नेपाली काङ्ग्रेस वडा नम्बर १० का सभापति युवराज लामा, सहयोगी समाजसेवी दिपेन्द्र यादव, अर्जुन देवकोटा, नेका ४ नम्बर सचिव विजय कार्की, नितेश लामा, वाइसीएल ४ नम्बर अध्यक्ष जितेन्द्र लामा, नेकपा एमाले ४ नम्बर युवा नेता अमिर गुरुङलगायतको उपस्थिति रहेको थियो ।