प्रहर खबर
 २०८१ बैशाख ५, बुधबार    

भूकम्प अपडेट: ज्यान गुमाउनेको संख्या १५७ पुग्यो

२०८० कार्तिक १९, आईतबार ०७:३९ बजे

काठमाडौं – भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ । शुक्रबार राती जाजरकोटलाइ केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म १५७ जनाको ज्यान गएको हो भने घाइतेको संख्या १७० जना पुगेका छन ।

नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन । साथै, रूकुम पश्चिममा ५२ जनाले ज्यान गुमाएका छन भने ७८ जना घाइते भएका छन ।

घाइतेहरूको स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा गरी उपचार भइरहेको छ ।