प्रहर खबर
 २०७९ मंसिर १६, शुक्रबार    

३४ जनामा कोरोना भाइरस संक्रमण

२०७९ असार ३, शुक्रबार १७:४४ बजे

काठमाडौं – देशभर पछिल्लो २४ घन्टामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ३६१० नमूनाको परीक्षणमा ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पीसीआरबाट २२३४ र एन्टिजेनबाट १३७६ नमूनाको परीक्षण गरिएको थियो। जसमध्ये पीसीआरबाट २४ र एन्टिजेनबाट १० जनाको रिपोर्ट पोजिटिभ आएको हो।

शुक्रबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हाल सक्रिय संक्रमितको संख्या १०४ रहेको छ भेन १५ जना डिस्चार्ज भएका छन्। यस्तै पछिल्लो २४ घन्टामा १ लाख ५२ हजार ३३७ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।