प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

सुनको मूल्य घट्यो

२०७९ असार १०, शुक्रबार ०६:४७ बजे

काठमाडौं – सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु. ३०० ले घटेर रु. ९७ हजार २०० आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९७ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९७ हजार थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले घटेर रु. एक हजार २४० तोकिएको महासङ्घले जनाएको छ ।