प्रहर खबर
 २०८० जेठ १८, बिहीबार    

बिहेबाट फर्किंदा भिरबाट लडेर मकवानपुरमा एकजनाको मृत्यु

२०७९ माघ १५, आईतबार ०६:४८ बजे

हेटौंडा - मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–२ देउरालीमा गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाको चनौटा बस्ने अन्दाजी ५० वर्षीय माईला थिङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय शनिबार साँझ बिहेमा गएर घर फर्किने समयमा थिङ भिरबाट लडेका थिए । भिरबाट करिब १५० मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

साे क्षेत्रमा गोरेटो बाटो भएकाले भिरबाट लडेर मृत्यु हुने गरेको घटना यो पहिलो भने होइन । यसअघि पनि धेरै यस्ता घटना हुँदै आएको छ । 

घटनाको जानकारी प्राप्त हुनासाथ अनुसन्धान तथा मुचुल्काको लागि प्रहरीको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।