प्रहर खबर
 २०८१ चैत्र २, शनिबार    

मकवानपुरको मनहरीबाट एक दम्पती पक्राउ

२०८० श्रावण २३, मंगलबार ११:४१ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ७ पेन्चेबाट लागुऔषध गाँजा सहित एक दम्पती(श्रीमान श्रीमती) पक्राउ परेका छन् । पक्राउ पर्नेमा राक्सिराङ्ग गाउँपालिका वडा नंं.८ बस्ने ३० बर्षीय तुल बहादुर रुम्बा र उनको श्रीमती निर कुमारी मोक्तान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

मनहरीको भित्रि सडक खण्डमा अटो चड्नको लागि सडकमा उभिएर बसेको अवस्थामा गस्ती हिडेको रुम्बा र मोक्तानलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । प्रहरीले रुम्बाले बोकेको झोलाबाट ५ किलो ६७० ग्राम र मोक्तानले बोकेको झोलाबाट ५ किलो २३० ग्राम गरी कुल १० किलो ९०० ग्राम लागुऔषध गाँजा बरामद गरेको जनाएको छ ।

उक्त लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।