प्रहर खबर
 २०८१ माघ २, बुधबार    

मानव तस्करीमा सघाउने हेटौंडाका लामा सहित दुई जना पक्राउ

२०८० पौष ६, शुक्रबार ०८:४१ बजे

हेटौंडा – नक्कली कागजात बनाएर भिजिट भिषामा विदेश पठाएर मानव तस्करीमा सघाएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१० घर भएका ३२ वर्षीय बुद्ध लामा र हुम्ला घर भई कपन बस्ने २६ वर्षीय कमलराज हमाल छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बुद्धलाई बल्खु र हमाललाई सिनामंगलबाट पक्राउ परेका हुन् । उनीसहित व्यक्तिहरूले विभिन्न ठाउँमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीहरूलाई विदेश पठाउने गरेको पाइएको अपराध अनुसन्धानले जनाएको छ । बुद्ध एड्भिका टुर्स एण्ड ट्राभल्सका संचालक समेत हुन्।

असोज १७ गते देखि प्रहरीले १५१३ वटा शंकास्पद कागजातहरू बरामद भएका छन्। जसमध्ये २४६ कागजात नक्कली प्लस २ का सर्टिफिकेट, श्रम स्वीकृती, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक स्टेटमेन्ट लगायतहरू छन्।

यसरी विदेश पठाएबापत ट्राभल्स एजेन्सीहरूले एयरलाइन्सलाई १० देखि १५ हजार रुपैयाँ सम्म र अध्यागमनका अधिकारीलाई ४० देखि ५५ हजार सम्म सेटिङ मिलाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।