प्रहर खबर
 २०८१ बैशाख ८, शनिबार    

प्रचण्डको नेतृत्वमा २३ सदस्यीय मन्त्रिपरिषद, यस्तो छ कार्यविभाजन (सूचीसहित)

२०७९ माघ ३, मंगलबार १०:०३ बजे

काठमाडौं – नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको हो ।

मन्त्री र राज्यमन्त्रीले शपथग्रहणसँगै कार्य विभाजन समेत पाएका छन् । प्रचण्ड क्याबिनेटका २३ जनामध्ये १५ जना नयाँ अनुहार हुन् । प्रचण्डसहित उपप्रधानमन्त्री विष्णु पौडेल र नारायणकाजी पूराना अनुहार हुन् भने दुई उपप्रधानमन्त्री रवि लामिछाने र राजेन्द्र लिङदेन नयाँ हुन् ।

त्यस्तै मन्त्रीहरूमा माओवादी केन्द्रबाट रेखा शर्माबाहेक अरू नयाँ हुन् । एमालेबाट दामोदर भण्डारी,ज्वाला कुमारी साह र भगवती चौधरीबाहेक अरू नयाँ हुन् । राष्ट्रपति कार्यालयले मन्त्रीहरूको कार्य विभाजन र वरियता समेत यस प्रकार तोकेको छ ।

सत्ता साझेदार दलमा भएको भागबण्डाअनुसार एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३–३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएका छन् ।

यस्तै माओवादी, रास्वपा र राप्रपाले १–१ राज्यमन्त्री पनि पाएका छन् । प्रचण्ड नेतृत्वकाे सरकारमा  अझै २ मन्त्रालय मन्त्रीविहीन बनेका छन् ।