प्रहर खबर
 २०८१ असार ३१, सोमबार    

मकवानपुरमा एक महिलाको मृत्यु

२०८० माघ २९, सोमबार २०:१८ बजे

हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.१ शिखरबासमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ बर्षीया बेलिमाया घलान रहेकी छन् ।

घलान आफ्नै घरमा बान्ता गरी बिरामी भएको अबस्थामा छोराहरुले देखेपछि उपचारको लागि हेटौंडास्थित सहकारी अस्पतालमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

उनको मृत्यू बिषादी सेवन गरेको हुनसक्ने आशंका चिकित्सकको अनुमान रहेको छ ।