गुल्मी – गुल्मीको जिल्लाको मालिकामा घर लिप्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मालिका गाउँपालिका–२ दर्लिङ्ग निवासी २७ वर्षीया माया रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी शंकर पोखरेलले बताए ।
मगर आफ्नै घरको बाहिर दलानमा लिप्ने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन् ।सोमवार करेन्ट लागेर घाइते भएकी रोकाको गुल्मी अस्पतालमा उपचारको क्रममा आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।