काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ स्थित घरमा बसिरहेका उनको गएराति हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रवक्ता डिएसी दीपक श्रेष्ठले पहिचान नखुलेको समूहले धारिलो हतियार प्रयोग गरेर पूर्वराज्यमन्त्री रायको हत्या गरेको पुष्टि गरे ।
राय ३० वर्षका थिए । तीन दशकअघि राप्रपाबाट राज्यमन्त्री बनेका उनी सर्लाहीमा बसोबास गर्दै आइरहेका थिए । प्रहरीले मुचुल्का उठाएर शवलाई मलंगवा अस्पताल पठाएको छ । घटनाको अनुसन्धान जारी छ ।